शिखर वार्ताका लागि नेता किमसँग जापानी प्रधानमन्त्री किशिदाको आग्रह | Khabarhub Khabarhub

शिखर वार्ताका लागि नेता किमसँग जापानी प्रधानमन्त्री किशिदाको आग्रह


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

सियोल जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ । 

उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी प्रधानमन्त्री किशिदाले आफ्ना भाइसँग शिखर वार्ता गर्न अनुरोध गरेको सोमबार पुष्टि गरेकी हुन्। 

लामो समयदेखि चलिरहेको अपहरण विवाद र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमसहित दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण छ तर किशिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गरे । प्योङयाङले जापानी प्रधानमन्त्री किशिदाको  आग्रहबारे कुनै औपचारिक प्रतिक्रिया दिइनसकेको जनाएको छ । 

गत वर्ष किशिदाले उत्तर कोरियाली समूहले सन् १९७० र १९८० को दशकमा जापानी नागरिकको अपहरण गरेको घटनालगायत सबै समस्या समाधान गर्न टोकियो इच्छुक रहेको भन्दै आफू बिनासर्त किमसँग भेट्न तयार रहेको बताए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १२ : २० बजे

शिक्षक र प्राध्यापकका संगठन अमान्य घोषित, राजनीतिक गतिविधिमा भाग लिए कारबाही गरिने

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक

टेलिकमको काममा ढिलाइ गर्ने ठेकेदारको सम्झौता तत्काल रद्द गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको काममा

मनाङमा हिउँले पुरिएको अवस्थामा भेटियो दुई भारतीयको शव

काठमाडौं– कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२

भोजपुरको दिङ्लाका युवक सातादेखि बेपत्ता, परिवार चिन्तित

काठमाडौं- भोजपुरको षडानन्द नगरपालिका–५, चिउरीबोटेका एकजना युवक एकसातादेखि बेपत्ता भएका

साताको पहिलो दिन ३० अंकले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ३०.०२ अंकले घटेको छ