इन्डोनेसियामा डुङ्गा पल्टिँदा ११ रोहिङ्ग्या मृत फेला « Khabarhub

इन्डोनेसियामा डुङ्गा पल्टिँदा ११ रोहिङ्ग्या मृत फेला


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मेउलाबोह – इन्डोनेसियाको पश्चिमी तटमा गत साता करिब एक सय ५० व्यक्ति सवार डुङ्गा डुबेपछि कम्तीमा ११ रोहिङ्ग्या शरणार्थीको शव फेला परेको अधिकारीहरूले सोमबार बताएका छन् ।

म्यान्मामा उत्पीडनमा परेका धेरैजसो मुस्लिम समुदायका रोहिङ्ग्याहरू प्रत्येक वर्ष आफ्नो ज्यान जोखिममा राखेर कमजोर डुङ्गामा लामो र महँगो सामुिद्रक यात्रा गरेर मलेसिया वा इन्डिनेसिया पुग्ने प्रयास गर्छन् ।

इन्डोनेसियाली उद्धारकर्मीहरूले ७५ जनाको उद्धार गरिसकेपछि शुक्रबार बाँकी रोहिङ्ग्या शरणार्थीको खोजी कार्य बन्द गरेका थिए । यद्यपि बचेका केही मानिसले केही दिनअघि उनीहरूको डुङ्गा र उद्धार गर्न आएको डुङ्गा पल्टिँदा दर्जनौँ मानिस डुबेको बताएका थिए ।

स्थानीय खोज तथा उद्धार अभियानका प्रमुख मुहम्मद फत्तुर रचमनले करिब आधा दर्जन रोहिङ्ग्यालाई समुद्री किनारबाट २६ किलोमिटर टाढा समुद्रमा मृत फेला पारेको बताए। “अहिले थप छ जनाको शव निकाल्ने काम भइरहेको छ”, उनले भने, “ती सबै महिला थिए, हामीले एक माझीबाट शवहरूबारे सुनेका थियौँ, शवहरूलाई अस्पताल लगिने छ ।”

यसअघि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) का अधिकारीहरूले हालैका दिनहरूमा पाँच जनाको शव फेला परेको बताएका थिए ।

डुङ्गा पल्टिनुअघि हप्तादिनसम्म समुद्रमा अलपत्र परेकाहरूको अधिकारीहरूले बिहीबार नाटकीय उद्धार गरेका थिए । तीमध्ये धेरैजसो पल्टिएको डुङ्गामा टाँसिएको भेटिएका थिए । अन्य छ जनाको बुधबार माझीहरूले उद्धार गरेका हुन् ।

युएनएचसिआरका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म एक हजार सात सय ५२ रोहिङ्ग्या शरणार्थी इन्डोनेसियाको आचे र उत्तरी सुमात्रा प्रान्तमा प्रवेश गरेका थिए । तीमध्ये धेरै महिला र बालबालिका थिए ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१५ यता मुस्लिम बाहुल्य देशमा बङ्गलादेशको बिग्रदाे स्थिति र रोहिङ्ग्याको जन्मभूमि म्यान्मामा हिंसाको निरन्तर खतराका कारण यो सबैभन्दा ठूलो आगमन भएको बताएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ८ : १६ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको