शर्मिला वाइबा धरौटीमा रिहा « Khabarhub

शर्मिला वाइबा धरौटीमा रिहा


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार पवन खतिवडामाथि कुटपिटको आरोपमा प्रक्राउ परेकी शर्माला वाइबा धरौटीमा रिहा भएकी छन् ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार युटुबमा विभिन्न फन्डा गर्दै चर्चित बनेकी वाइबालाई ३५ हजार धरौटीमा रिहा गर्न अनुमति दिएको हो ।

अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीकाअनुसार उनलाई कुटपिट र अंगभंग शीर्षकमा सो रकम बराबरको धरौटी तोकिएको हो ।

महानगरीय प्रहरी वृत महाराजगन्जका डीएसपी अमर थापाका अनुसार वाइबा आजै रिहा भएकी छन् । अनुसन्धानका लागि उनीमाथि सात पटक म्याद थप गरिएको थियो । उनले २६ दिनको हिरासत बिताइन् ।

कलाकार खतिवडाले वाइबाविरुद्ध उजुरी दिएपछि फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ८ : २८ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा