सुहाङलाई टिकट दिँदा एमालेमा असन्तुष्टि | Khabarhub Khabarhub

सुहाङलाई टिकट दिँदा एमालेमा असन्तुष्टि



काठमाडौं – नेकपा (एमाले)ले इलाममा वैशाख १५ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा सुवास नेम्बाङका छोरा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएपछि पार्टीभित्रका केही नेताले असन्तुष्टि पोखेका छन्।

आइतबार एमाले सचिवालय बैठकले नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि जिल्लाका अन्य नेताको असन्तुष्टि सतहमा आएको हो। पार्टीले भने उम्मेदवारको सूचीमा सुहाङ नै योग्य भएकाले उनलाई उम्मेदवार बनाइएको बताएको छ।

आफूले लामो समय पार्टीमा योगदान गरे पनि एमालेले त्यसको मूल्यांकन नगरेको असन्तुष्ट नेताहरुको गुनासो छ। तर, उनीहरु भित्रभित्रै चिढिए पनि मिडियामा नाम सार्वजनिक गर्न भने चाहँदैनन्।

उम्मेदवारको सूचीमा नाम पठाएका एमालेका एक जिल्ला स्तरीय नेताले पार्टी निर्णयप्रति चित्त दुखाउँदै खबरहबसँग भने, ‘हामीले पार्टीमा यतिको योगदान गर्यौं, तर अध्यक्ष ओलीले हाम्रो योगदान देखेनन्।’

ती नेताका अनुसार जिल्लाबाट ६ जना आकांक्षीको नाम सिफारिस गरिएको थियो। सुहाङको योगदान पार्टीमा सबैभन्दा कम रहेको बताउँदै उनले भने, ‘नेताको छोरो भएकाले मात्रै टिकट पाउने भन्ने कहाँ लेखिएको छ ? खै त हाम्रो योगदान ? हामीलाई त माघदेखि नै पार्टीले उम्मेदवारी घोषणा गर्दै नहिँड्न ह्वीप नै जारी गरेको थियो।’

केन्द्रबाट सुहाङलाई उम्मदेवार बनाउने निर्णय गर्नुअघि इलाम जिल्ला कमिटीले सम्भावित उम्मेदवारको नाम केन्द्रमा पठाएको थियो। त्यसभन्दा पहिले एमालेले उम्मेदवार छनोट गर्न जिल्ला कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कमिटी नै बनाएको थियो।

जिल्ला कमिटीले सिफारिस गरिएका नामको सूचीमा दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङसँगै रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राईको नाम थियो।

इलामको उपचुनाव: सुवास नेम्वाङका छोरालाई उठाउने एमालेको संकेत

एमाले जिल्ला कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद महेश बस्नेतका अनुसार प्रतिनिधिभाका उम्मेदवारको अन्तिम टुंगो पार्टी केन्द्रले लगाउने प्रचलन एमालेमा छ। त्यही निर्णय अनुसार पार्टीले उम्मेदवार छानेको बस्नेतको भनाइ छ।

महेश बस्नेतले खबरहबसँग भने, ‘हामीले नाम पठाएका हौँ, पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय सबैले मान्नुपर्छ। मसँग कसैले असन्तुष्टि जनाउनुभएको छैन, अरूतिर आएको हल्ला मात्र सुनेको हो।’

बस्नेतले खबरहबसँग भने, ‘हामीले नाम पठाएका हौँ, पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय सबैले मान्नुपर्छ। मसँग कसैले असन्तुष्टि जनाउनुभएको छैन, अरूतिर आएको हल्ला मात्र सुनेको हो।’

उनले पार्टीले सबै हिसाबले अध्ययन गरेर योग्य उम्मेदवार चयन गरिएको भन्दै कसैको असन्तुष्टि भए औपचारिक रुपमा पार्टीलाई जानकारी गराउन समेत अनुरोध गरे।उनले भने, ‘मसँग असन्तुष्टि व्यक्त गर्नुभयो भने म समाधानको उपाय खोज्छु।’

बस्नेतले इलाम-२ मा एमालेको जित सुनिश्चित भएको भन्दै सबैलाई सहयोग गर्नसमेत अपील गरे। उनले भने, ‘एमाले नेताले पार्टीले गरेको निर्णय मान्नुहुन्छ। अब सुहाङको जित सुनिश्चित छ। सबै मतदाताका घर-घरमा जान्छौं। इलाम-२ मा एमालेको विकल्प छैन।’

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि सबै उम्मेदवार केलाउँदा सुहाङ नै सम्भावना भएको र योग्यता पुगेकाले उनलाई उठाउने निर्णय भएको खबरहबलाई बताए।

केन्द्रमा गठबन्धन, इलाममा झगडा : उपचुनावमा रास्वपाले एमालेलाई नसघाउने

अग्रजको सम्मान गर्छु : सुहाङ
उम्मेदवार भएपछि सुहाङ नेम्बाङले अग्रजको सम्मान गर्दै अग्रजले दिएको सल्लाहअनुसार अगाडि बढ्ने बताए।

उनले खबरहबसँग भने, ‘बुवाले छाडेर गएको सपना र अहिले त्यस क्षेत्रका अग्रजले दिएको साथ र आर्शिवादले नै मलाई जितसम्म पुर्याउने हो। उहाँहरूको सम्मान गर्दै पार्टीले दिएको जिम्मेवारी पूरा गर्छु।’

‘बुवाले छाडेर गएको सपना र अहिले त्यस क्षेत्रका अग्रजले दिएको साथ र आर्शिवादले नै मलाई जितसम्म पुर्याउने हो। उहाँहरूको सम्मान गर्दै पार्टीले दिएको जिम्मेवारी पूरा गर्छु।’

उनले थपे, ‘विशेष परिस्थितिले मलाई उम्मेदवार बनाएको छ। म इलाम २ का जनताको सेवक भएको छु।’

झलनाथको च्याप्टर क्लोज
वाम गठबन्धनको साझा उम्मेदवार बन्ने चाहना गरिरहेका नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको चुनाव लड्ने चाहना पूरा नहुने भएको छ।

खनालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर साझा वाम उम्मेदवार बनाउन आग्रह गरेको स्रोतको भनाइ छ। तर, आइतबार एमालेले सुहाङलाई उम्मेदवार बनाउने भएपछि सोमबार खनालले आफू निर्वाचनमा नउठ्ने बताएका छन्। आफ्नो पार्टीले युवालाई उठाउने खनालको भनाइ छ।

खबरहबसँग कुरा गर्दै खनालले भने, ‘म उठ्दिन युवा साथीलाई पार्टीले उठाउने छ।’

माओवादीले पनि अहिलेसम्म उम्मेदवार खडा गरेको छैन। इलाम २ मा माओवादीको करिब तीन हजार मत रहेको अनुमान छ। एकीकृत समाजवादीको करिब पाँच हजार मत रहेको दाबी छ।

झलनाथ खनाल ।

यहाँ माओवादी र एकीकृत समाजवादीले एउटै उम्मेदवार उठाउने सम्भावना रहेको नेताहरूको भनाइ छ। तर यसबारे कुनै निर्णय नभएको माओवादी नेता बताउँछन्।

माओवादी महासचिव देव गुरुङले भने, ‘माओवादी पनि निर्वाचन लड्छ। उम्मेदवार उठाउने विषय स्वाभाविक हो। सकभर अरु घटकलाई पनि मिलाएर लाने हो।’

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेलाई नसघाउने भएपछि एमाले नेताले माओवादी र एकीकृत समाजवादीसँग सुहाङलाई समर्थन गरिदिन आग्रह गरिरहेको स्रोतको भनाइ छ।

नेपाली कांग्रेसले भने पार्टीका जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यो पनि…
टिकट पाएपछि सुहाङले भने ‘जित सुनिश्चित छ’

स्थानीय तहको उपचुनाव गर्न गठबन्धन सरकार डरायो

इलाम २ उपनिर्वाचन : देउवाको रोजाइमा डम्बरबहादुर खड्का नै

इलाम-२ उपनिर्वाचन : देउवाले रोजे खड्का, सुहाङलाई ओलीको आशीर्वाद

 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ७ : ५९ बजे

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन

चरिकोट– पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले मुलुकमा वैज्ञानिक समाजवाद ल्याउन अझै पनि

संसदमा अर्थमन्त्रीको जवाफ- बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्नुस्

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका

‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्रसारण गरेबापत

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं– उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन

चैते धानको उचित मूल्य नपाएपछि किसान र मन्त्रीबीच छलफल

 काठमाडौं– किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो पछि कृषि