एकीकृत समाजवादीको राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन | Khabarhub Khabarhub

एकीकृत समाजवादीको राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ ।

पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ ।

कमिटीमा केही पूर्वसुरक्षाकर्मी, राजनीतिक व्यक्तित्वलाई आवश्यकतानुसार सदस्यका रूपमा थप गरी जिम्मेवारी प्रदान गरिने पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

महाधिवेशनका लागि पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी महाधिवेशन तयारीका आवश्यक कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको सचिव श्रेष्ठले जानकारी दिए ।

देशभर महाधिवेशन केन्द्रित सङ्गठन सुदृढीकरण गरिरहेको पार्टीले सदस्यता विस्तार, प्रशिक्षण, राजनीतिक गतिविधि, जनवर्गीय सङ्गठनका अधिवेशनलगायत कार्यक्रम सञ्चालन गरेको छ ।

महाधिवेशन दस्तावेज लेखन समितिले केन्द्रमा राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित गरेको छ । पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १० : १६ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते