फ्लोरिडामा सामाजिक सञ्जालमा बालबालिकाको पहुँचलाई सीमित गरिने | Khabarhub Khabarhub

फ्लोरिडामा सामाजिक सञ्जालमा बालबालिकाको पहुँचलाई सीमित गरिने


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसेन्टिसले १४ वर्ष मुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाताहरू राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् । 

यो कानुनले सामाजिक सञ्जालमा खाता खोल्नको लागि १४ र १५ वर्षका बालबालिकाले अभिभावकको सहमति लिनुपर्ने व्यवस्था पनि गरेको छ ।

यसले ‘अभिभावकहरूलाई आफ्ना बच्चालाई सुरक्षित राख्न सहयोगी बन्ने विश्वास गरिएको छ । सामाजिक सञ्जालमा बालबालिकालाई  अनुपयुक्त साइटहरूमा पहुँच रोक्नको लागि वेबसाइटहरूको आवश्यकता रहेको छ । सन् २०२५ जनवरी १ देखि यो विधेयक कार्यान्वयनमा आउनेछ । 

नयाँ कानुनसँगै अर्कान्सास, क्यालिफोर्निया, लुजियाना, ओहायो र युटापछि  फ्लोरिडा सामाजिक सञ्जालमा बालबालिकाको पहुँच सीमित गर्ने नियमहरू लागू गर्ने अर्को एक अमेरिकी राज्य बनेको छ । 

सामाजिक सञ्जालमा पहुँचसम्बन्धी यो कानुनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकालाई पार्ने नकारात्मक असरलाई रोक्नेछ वकिलहरूको तर्क रहेको छ ।

हालै पारित नयाँ कानूनले अन्य राज्यहरूमा पहिले नै चलिरहेको चुनौतीहरूको जस्तै कानुनी विरोधको सामना गर्नसक्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : १० बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते