ढोलाहिटी प्रकरण : बदलाको भावले दुई जनाको ज्यान गयो  « Khabarhub

ढोलाहिटी प्रकरण : बदलाको भावले दुई जनाको ज्यान गयो 


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – होलीको दिन राति ललितपुरको ढोलाहिटीमा चक्कु प्रहार गरी दुई व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै सो घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका १८ मध्ये घटनामा संलग्न चार जनालाई सार्वजनिक गरेको हो । 

 

पाँचथरका पुजन राई र काठमाडौंका  रेवशको हत्यामा संलग्न रहेको आरोपमा खोटाङका विजय राई र सुलभसहित भोजपुरका विशाल हाङ मुकारुङ राई तथा काठमाडौंका छेङ्वीहाङ राईलाई सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेका चारसहित एक फरार व्यक्तिको नाममा किटानी जाहेरी दिएको छ । विजय र शुलभ भने फुटसल भिजेलस्थित रहेको डी पोपिना रेस्टुराँ मालिक हुन् ।

ग्राहक र होटल डी पोपिना रेस्टुराँका झगाडाले हत्यासम्म घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

एसएसपी खनाल भन्छन्, ‘विजय, सुलभ र विशालको टोली राति मदिरा पिएर रमाइलो गरिरहेका साथीहरूबीच झगडाको अवस्था सिर्जना भएपछि होटल सञ्जालले उनीहरूलाई बाहिर निकालेका रहेछन् । त्यसपछि छेङ्वीहाङले होटल सञ्चालकले हेपेको भन्दै बदला लिन मृतक रेवश राईसहितलाई बोलाएको अनुसन्धानबाट खुलेको छ ।’

छेङ्वीहाङको समूह आएपछि होटल सञ्चालकबीच झडप हुँदा विजय राईले रेवश र पुजनलाई होटलको चक्कुले प्रहार गरेको प्रहरीको भनाइ छ । 

चक्कु प्रहारबाट घाइतेहरुलाई पाटन र सुमेरु अस्पताल लगेपछि मात्रै प्रहरीले घटनाबारे थाहा पाएको हो । उनीहरु दुवैको उपचारका क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : १९ बजे

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी