नेपालले आज बहराइनको सामना गर्दै | Khabarhub Khabarhub

नेपालले आज बहराइनको सामना गर्दै


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले आज बहराइनसँग खेल्दै छ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि सुरु हुनेछ । 

विश्वकप छनौट अन्तर्गत नेपालले अहिलेसम्म खेलेका  तिनै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-२ , यमनसँग २-० र बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको थियो । 

नेपाल विश्वकप छनौटमा समूह ‘एच’मा रहेको छ । नेपालको ससमूहमा बहराइन, यमन र संयुक्त अरब इमिरेट्स छन् । यस समुहमा युएई ९ अंकसहित शीर्ष स्थानमा छ भने बहराइन ६ अंकसहित दोस्रो र यमन ३ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने अंकविहीन हुँदै पुछारमा रहेको छ ।  

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङसहित विशाल सुनार र अभिषेक राई छन् । त्यसैगरी डिफेन्डरमा अभिषेख लिम्बु, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, शनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ छन् ।  

त्यस्तै मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अन्जन विष्ट, दीनेश हेन्जन, समिर तामाङ, सञ्जिव विष्ट, हिसुब थपलिया र जिलेस्पीजङ्ग कार्की छन् । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : ३९ बजे

एमाले नेता झपट रावलको प्रस्ताव : पुरानो नेतृत्वले कार्यकारी भूमिका छोडेर पार्टी पुन:निर्माण गरौँ

काठमाडौँ- नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य झपटबहादुर रावलले भदौ

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– काठमाडौँको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आयोजना कटौती गरी एक खर्ब स्रोत जुटाउन सकिन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी

कर्मचारीलाई अर्थमन्त्रीले भने : हामी सँच्चिनुको विकल्प छैन

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण