नेपालले आज बहराइनको सामना गर्दै « Khabarhub

नेपालले आज बहराइनको सामना गर्दै


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले आज बहराइनसँग खेल्दै छ । बहराइनको राष्ट्रिय रङ्गशालामा हुने यो खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि सुरु हुनेछ । 

विश्वकप छनौट अन्तर्गत नेपालले अहिलेसम्म खेलेका  तिनै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-२ , यमनसँग २-० र बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको थियो । 

नेपाल विश्वकप छनौटमा समूह ‘एच’मा रहेको छ । नेपालको ससमूहमा बहराइन, यमन र संयुक्त अरब इमिरेट्स छन् । यस समुहमा युएई ९ अंकसहित शीर्ष स्थानमा छ भने बहराइन ६ अंकसहित दोस्रो र यमन ३ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने अंकविहीन हुँदै पुछारमा रहेको छ ।  

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङसहित विशाल सुनार र अभिषेक राई छन् । त्यसैगरी डिफेन्डरमा अभिषेख लिम्बु, अनन्त तामाङ, छिरिङ लामा, अजय चौधरी, शनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ छन् ।  

त्यस्तै मिडफिल्डरमा भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई छन् भने फरवार्डमा अन्जन विष्ट, दीनेश हेन्जन, समिर तामाङ, सञ्जिव विष्ट, हिसुब थपलिया र जिलेस्पीजङ्ग कार्की छन् । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : ३९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको