मधेश, बागमती र गण्डकीमा अझै तीन दिन वर्षा हुने « Khabarhub

मधेश, बागमती र गण्डकीमा अझै तीन दिन वर्षा हुने


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। मधेश र बागमती  प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेश प्रदेश र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाले यी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जनाएको छ ।

महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही  बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : १९ बजे

काठमाडौँमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता, मन्त्री पोखरेलले भने, ‘यमबुद्ध पार्क सोचेजस्तै बनेछ’

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकामा हुँदा आफूहरूले

बागमती मन्त्रिपरिषद् बैठक : मानव उद्धार पुनः स्थापन कार्यविधि स्वीकृत

मकवानपुर– बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार

रास्वपा महाधिवेशन : यी हुन् पदाधिकारीका आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

फोहोर व्यवस्थापनमा काठमाडौं महानगरले ‘पोलुटर्स पे प्रिन्सिपल’ लागू गर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, व्यवस्थित र आधुनिक बनाउन

आँखुखोला जलविद्युत कम्पनीको १७औँ र १८औँ संयुक्त वार्षिक साधरणसभा सम्पन्न

काठमाडौं– आँखुखोला जलविद्युत कम्पनीले आफ्नो १७औँ र १८औँ संयुक्त वार्षिक