प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको संयोजकत्वमा रोजगार संवाद मञ्च गठन भएको छ ।

प्रशासकीय अधिकृत सुवास आलेले रोजगार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार गाउँपालिकास्तरीय रोजगार संवाद मञ्च गठन गरिएको बताए । गाउँपालिका अध्यक्ष भण्डारी संयोजक र उपाध्यक्ष सुशीला रोकाय भाम सहसंयोजक रहने गरी नौ सदस्यीय रोजगार संवाद मञ्च गठन गरिएको उनले जानकारी दिए ।

समितिमा उद्योग वाणिज्य सङ्घ, निर्माण व्यवसायी सङ्घ, गैरसरकारी संस्था, नागरिक समाज, प्रशासकीय अधिकृतलाई सदस्य तोकिएको छ भने रोजगार संयोजकलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।

प्रशासकीय अधिकृत आलेले हाल सञ्चालनमा रहेको प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन पक्षलाई व्यवस्थित बनाउन र गाउँपालिकाले अन्य सरोकारवालाको समन्वय र सहकार्यमा रोजगारीका क्षेत्र पहिचान गर्न मञ्च उपयोगी हुने बताए ।

हाल प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमले दैनिक ज्यालालाई मात्र प्राथमिकता दिएकामा अब भने आयआर्जनका क्षेत्रमा लगानी गर्ने उनको भनाइ छ ।

उनले सधैँ प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमप्रति निर्भर नरहेर गाउँपालिकाले आफ्नै लगानीबाट आयआर्जनका क्षेत्र पहिचान गरेर त्यसलाई कार्यान्वयन गर्न मञ्चले सुझाव दिएर सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ११ : १४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले