नेयमार रियल मड्रिड जाने ! | Khabarhub Khabarhub

नेयमार रियल मड्रिड जाने !


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरुवा बजार बन्द हुन केही दिनमात्रै बाँकी रहँदा ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारमाथि रियल मड्रिडले रुचि देखाएको छ । लामो समयदेखि स्पेनकै अर्को क्लब तथा नेयमारको पूर्व क्लब बार्सिलोना जाने हल्लाका बीच नेयमारका लागि रियल मड्रियले प्रस्ताव ल्याएको कुरा सार्वजनिक भएको छ ।

नेयमारलाई रियलले क्लबमा भित्र्याउने प्रस्ताव राख्दा रियलले लुका मोड्रिकलाई पीएसजीलाई दिने पनि प्रस्ताव गरेको छ ।

रियलले लुका मोड्रिकसँगै नेयमारका लागि १ सय १० मिलियन पाउण्ड दिने घोषणा गरेको डेली मेलले उल्लेख गरेको छ । गएको सिजनमा आफ्ना स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई युभेन्ट्स पठाएको रियल उनको स्थानमा ओगट्न सक्ने खेलाडीको खोजिमा छ ।

सेप्टेम्बर २ मा स्पेनिस सरुवा बजार बन्द हुन अगाडि नै सियल नेयमारलाई भित्र्याउने योजनामा रहेको उल्लेख गरिहएको छ । अघिल्लो बर्षका बालोन डीआर विजेता लुका मोड्रिकले रियललाई ४ पटकको च्याम्पियन्स लिग उपाधि उचाल्न योगदान गरेका थिए । तर, उनै मोड्रिकलाई नेयमारसँगको सौदाबाजीमा लगाइएको छ ।

सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी ११८ पाउण्डमा पीएसजीमा अनुबन्ध भएका थिए । जुन अहिलेसम्म पनि सरुवा बजारको कीर्तिमानी मूल्य नै हो । नेयमारले पीएसजीका लागि खेलेका ५८ खेलमा ५१ गोल गरेका छन् भने २९ गोलका अवसर सिर्जना गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  १० : २२ बजे

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट

चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन- चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४

सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न