सहकारीको रकम अपचलनमा मेरो संलग्नता छैन : गृहमन्त्री लामिछाने  « Khabarhub

सहकारीको रकम अपचलनमा मेरो संलग्नता छैन : गृहमन्त्री लामिछाने 


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको विषयमा आफ्नो संलग्नता नभएको बताएका छन् ।

आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सहकारीको रकम अपचलनमा संलग्नता नरहेको बताए ।

अदालतमा पुगेको सहकारी मुद्दामा आफ्नो नाम पनि नरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो । उनले प्रहरीमा एउटा जाहेरी बाहेक अन्य कहीँ कतै आफ्नो नाम नरहेको र जाहेरी पनि प्रहरीमा दर्ता नभएको बताए ।

बैठकमा बोल्दै उनले भने, ‘सहकारीका विषय आएका छन् । एउटा सहकारीमा मेरै नाम भएको भन्ने आयो । जहाँ मेरो नाम छ, त्यहाँ नामबाहेक केही छैन । हस्ताक्षर, ल्याप्चे, केवाईसी केही छैन । न कुनै पत्र पाएको छु, न कुनै मुद्दा आएको छ । अदालतमा मुद्दा गएको छ । मुद्दामा म प्रतिवादी छैन, भएका प्रतिवादीको बयानमा रवि लामिछाने भन्ने नाम पनि छैन । प्रहरीमा जाहेरी छ । सूचनाका रूपमा त्यो दर्ता नभएको कुरा पनि छ ।’

यसअघि प्रहरी महानिरीक्षक बसन्त कुँवरले पोखराको सूर्यदर्शन सहकारीका सम्बन्धमा ठाडो उजुरी परेको र त्यसमा रवि लामिछानेको नाम रहेको बताएका थिए ।

समिति बैठकमा कांग्रेस सांसदहरुले सहकारी मुद्दामा नाम जोडिएकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए ।

सांसदका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लामिछानेले यसअघि कांग्रेस पार्टी सरकारमा हुँदा र आफू प्रतिपक्षमा हुँदा नै प्रहरीमा जाहेरी परेको उल्लेख गरे ।

यो पनि- 
यस्तो रहेछ सहकारी ठगीको ‘प्रमाण नपुगेको’ पूरक जाहेरी (पूर्णपाठ)

राज्य व्यवस्था समितिको एजेन्डामाथि एमाले सांसदको आपत्ति

सांसद बडूको प्रश्न- विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र किन लेखेको ?

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  २ : ३५ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर