सहकारीको रकम अपचलनमा मेरो संलग्नता छैन : गृहमन्त्री लामिछाने  | Khabarhub Khabarhub

सहकारीको रकम अपचलनमा मेरो संलग्नता छैन : गृहमन्त्री लामिछाने 


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको विषयमा आफ्नो संलग्नता नभएको बताएका छन् ।

आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सहकारीको रकम अपचलनमा संलग्नता नरहेको बताए ।

अदालतमा पुगेको सहकारी मुद्दामा आफ्नो नाम पनि नरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो । उनले प्रहरीमा एउटा जाहेरी बाहेक अन्य कहीँ कतै आफ्नो नाम नरहेको र जाहेरी पनि प्रहरीमा दर्ता नभएको बताए ।

बैठकमा बोल्दै उनले भने, ‘सहकारीका विषय आएका छन् । एउटा सहकारीमा मेरै नाम भएको भन्ने आयो । जहाँ मेरो नाम छ, त्यहाँ नामबाहेक केही छैन । हस्ताक्षर, ल्याप्चे, केवाईसी केही छैन । न कुनै पत्र पाएको छु, न कुनै मुद्दा आएको छ । अदालतमा मुद्दा गएको छ । मुद्दामा म प्रतिवादी छैन, भएका प्रतिवादीको बयानमा रवि लामिछाने भन्ने नाम पनि छैन । प्रहरीमा जाहेरी छ । सूचनाका रूपमा त्यो दर्ता नभएको कुरा पनि छ ।’

यसअघि प्रहरी महानिरीक्षक बसन्त कुँवरले पोखराको सूर्यदर्शन सहकारीका सम्बन्धमा ठाडो उजुरी परेको र त्यसमा रवि लामिछानेको नाम रहेको बताएका थिए ।

समिति बैठकमा कांग्रेस सांसदहरुले सहकारी मुद्दामा नाम जोडिएकाले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए ।

सांसदका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लामिछानेले यसअघि कांग्रेस पार्टी सरकारमा हुँदा र आफू प्रतिपक्षमा हुँदा नै प्रहरीमा जाहेरी परेको उल्लेख गरे ।

यो पनि- 
यस्तो रहेछ सहकारी ठगीको ‘प्रमाण नपुगेको’ पूरक जाहेरी (पूर्णपाठ)

राज्य व्यवस्था समितिको एजेन्डामाथि एमाले सांसदको आपत्ति

सांसद बडूको प्रश्न- विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र किन लेखेको ?

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  २ : ३५ बजे

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी

काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय

सरसफाइमा ‘जेन-जी’

काठमाडौं– परिवर्तनका विभिन्न एजेन्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेन-जी’ले यही भदौ

जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न बारको आग्रह

काठमाडौं– नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय

मिटिङ बसिरहेका छौँ, देशलाई समृद्ध बनाउने एजेन्डा आउँछ : अनिल बानियाँ

काठमाडौं– जेन-जी पुस्ताको अहिले भर्चुअल बैठक बसिरहेको छ। भर्चुअलमार्फत बैठक

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक