काठमाडौंमा १२ जनामा कोभिड पुष्टि « Khabarhub

काठमाडौंमा १२ जनामा कोभिड पुष्टि


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा १२ जनामा कोभिड १९ पुष्टि भएको छ ।  

मौसमी फ्लु भनी अनुमान गरिएका उनीहरू उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगे थिए । तर परीक्षण गर्दा उनीहरूमा कोभिड पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार मंगलबारसम्म ८ जनामा कोभिड -१९ पुष्टि भएको छ । 

पुष्टि भएका सबैलाई अस्पतालको आइसीयु तथा हाइडिपेन्डेन्सी युनिटमा राखेर उपचार गरिएको छ । जसमध्ये दुईजना डिस्चार्ज भएका छन् । संक्रमित ६ जनाको उपचार भइरहेको शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए । 

यस्तै त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका बिरामीमध्ये चार जनामा कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ ।  सोमबार परीक्षण गरिएका ९ वटा नमुनामध्ये चारवटामा कोभिड संक्रमण पाइएको हो । 

कोभिड पुष्टि भएका सबैलाई भर्ना गरिएको आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ५ : ०४ बजे

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस २४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार