विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन : रक्षामन्त्री « Khabarhub

विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन : रक्षामन्त्री


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री हरि प्रसाद उप्रेतीले विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन् । 

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा मन्त्री उप्रेतीले सेना वा कसैलाई पनि विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट नभएको बताएका हुन्  ।

उनले नदीजन्य बस्तुको अभावले फास्ट ट्रयाक बनाउन ढिलाई भएको पाइएकाले सेना आफले क्रसर राखेर काम गर्न भनेको पनि धारणा राखे । फास्ट ट्रयाकलाई तोकिएको समयमा नै सम्पन्न गर्न फास्ट रुल बनाउन जरुरी रहेकाले आफूले यसको तयारी गरिरहेको उनले बताए । 

मन्त्री उप्रेतीले सेनाले गरेको हर कामको अनुगमन र निरीक्षण गर्ने र ढिलाईको कारण पत्ता लगाउने दावी गरे ।

उनले देश बनाउने संकल्प सबैले गरे मुलुक बन्न कसैले रोक्न नसक्ने जिकिर गरे ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ५ : ४९ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ