लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– औरहीबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-८ कुसुमका ३० वर्षीय सियाराम महतो र सोही वडाका २० वर्षीय सुवेश शर्मा रहेका छन्। 

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार उनीहरूलाई प्रहरीले औरही नगरपालिकास्थित विद्युत सबस्टेसनबाट नियन्त्रणमा लिएको हो। बर्दिबासतर्फ जाँदै गरेको लु५९प ६३३७ नम्बरको मोटरसाइकलमा लागूऔषध फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो। 

उनीहरूको साथबाट एक्सिप्लोन नामक लागूऔषध ९ बोतल र नाइटेभेट ट्याब्लेट १२ पिस, स्पासमो लेखिएको लागूऔषध ट्याब्लेट १३ पिस, बरामद भएको इलाका प्रहरी कार्यालयका गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए। 

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : ४५ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी