वैतेश्वर गाउँपालिकामा सहकारी सञ्जाल गठन « Khabarhub

वैतेश्वर गाउँपालिकामा सहकारी सञ्जाल गठन


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकामा सहकारी सञ्जाल समिति गठन भएको छ्। वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा बुधबार सम्पन्न गाउँपालिका भित्रका सहकारी संस्थाका अभियन्ता  र पालिकाका जनप्रतिनिधि बिचको अन्तरक्रिया कार्यक्रमले सहकारी सञ्जाल गठन गरेको हो।

सञ्जाल जनमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधव दहालको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको वैतेश्वर गाउँपालिका सहकारी विभाग प्रमुख मुक्ति दहालले जानकारी दिए।

सञ्जालको सहसंयोजकमा इराज राउत, सदस्यहरुमा सुवास बस्नेत, विशाल कार्की, नवराज घिमिरे, प्रतिभा घिमिरे, पुण्यप्रसाद घिमिरे, हर्कमान तामाङ, पुर्णदेवी तामाङ, टीका बहादुर खत्री लगायत १५ सदस्यीय समिति रहेका छन् भने, सदस्यसचीव मुक्ति दाहाल रहेका छन् ।

 वैतेश्वर गाउँपालिका सहकारी विभागले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती, जिल्ला सहकारी संघका अध्यक्ष देवी प्रसाद शर्मा फुयाल, वैतेश्वर गाउँपालिका प्रशासन प्रमुख रविन्द्र चौलागाईं, वैतेश्वर सहकारी विभाग प्रमुख मुक्ति दहाल,जनसचेतन साकोसका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठ, वैतेश्वर गाउँपालिका-२ का वडा अध्यक्ष श्यामकुमार तामाङ, जनसचेत साकोसका कार्यकारी अधिकृत नवराज दाहाल लगायतले अन्तरक्रिया कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका समस्या र नियन्त्रणका विषयमा धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : ५३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका