वैतेश्वर गाउँपालिकामा सहकारी सञ्जाल गठन | Khabarhub Khabarhub

वैतेश्वर गाउँपालिकामा सहकारी सञ्जाल गठन


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकामा सहकारी सञ्जाल समिति गठन भएको छ्। वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा बुधबार सम्पन्न गाउँपालिका भित्रका सहकारी संस्थाका अभियन्ता  र पालिकाका जनप्रतिनिधि बिचको अन्तरक्रिया कार्यक्रमले सहकारी सञ्जाल गठन गरेको हो।

सञ्जाल जनमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधव दहालको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको वैतेश्वर गाउँपालिका सहकारी विभाग प्रमुख मुक्ति दहालले जानकारी दिए।

सञ्जालको सहसंयोजकमा इराज राउत, सदस्यहरुमा सुवास बस्नेत, विशाल कार्की, नवराज घिमिरे, प्रतिभा घिमिरे, पुण्यप्रसाद घिमिरे, हर्कमान तामाङ, पुर्णदेवी तामाङ, टीका बहादुर खत्री लगायत १५ सदस्यीय समिति रहेका छन् भने, सदस्यसचीव मुक्ति दाहाल रहेका छन् ।

 वैतेश्वर गाउँपालिका सहकारी विभागले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती, जिल्ला सहकारी संघका अध्यक्ष देवी प्रसाद शर्मा फुयाल, वैतेश्वर गाउँपालिका प्रशासन प्रमुख रविन्द्र चौलागाईं, वैतेश्वर सहकारी विभाग प्रमुख मुक्ति दहाल,जनसचेतन साकोसका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठ, वैतेश्वर गाउँपालिका-२ का वडा अध्यक्ष श्यामकुमार तामाङ, जनसचेत साकोसका कार्यकारी अधिकृत नवराज दाहाल लगायतले अन्तरक्रिया कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका समस्या र नियन्त्रणका विषयमा धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : ५३ बजे

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र