नदीमा हाम फोलेकी महिलाको उद्दार, छोरा–छोरीको भने ज्यान गयो « Khabarhub

नदीमा हाम फोलेकी महिलाको उद्दार, छोरा–छोरीको भने ज्यान गयो


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दघाट– नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा छोरा–छोरीसहित हाम फोलेकी महिलाको उद्दार गरिएको छ ।

उनका १ छोरा र १ छोरीको भने ज्यान गएको छ । नवलपरासीपश्चिम पाल्हिनन्दन गाउँपालिका–५ घर भएकी २४ सुधा विश्वाकर्माले छोरा–छोरीसहित नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेजको पुलबाट नारायणी नदीमा हाम फोलेकी थिइन् ।

सुधाले २ वर्ष ६ महिनाका छोरा अभिनाथ र डेढ महिनाकी छोरी निकितासँगै नारायणीमा हाम फालेकी थिइन् ।

नदीमा हाम फालेकी सुधालाई स्थानीयले उद्दार गरे पनि उनका छोरा अभिनाथ र छोरी निकिताको भने ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले अहिले सुधालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार सुधाका श्रीमान् नेपाल प्रहरीमा कार्यरत छन् । हाल उनका श्रीमान प्रहरी युक्ती तालिम महाविद्यालय जर्गाहा, नवलपरासीमा कार्यरत रहेका बुझिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ११ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै