एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै « Khabarhub

एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ ।

यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् ।

परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र तोकिएका छन् ।

यस वर्ष जापानमा पनि एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

बोर्डले यसपटकबाट परीक्षाको नतिजाको प्रणाली परिवर्तन गरेको छ । बोर्डले यस वर्षको परीक्षामा लेटर ग्रडिङ निर्देशिका २०७८ लागू गरेको छ ।

यो प्रणाली अन्तर्गत विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने छ ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् । उनीहरुले पुनः मौका परीक्षा दिनुपर्ने छ ।

विगतका वर्षमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याए पुग्ने प्रावधान थियो । परीक्षा चैत २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ६ : १६ बजे

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण