बारम्बार-रुघा लाग्नु र हाच्छु आउनु एलर्जीको लक्षण, बेलैमा अपनाउनुस् सावधानी | Khabarhub Khabarhub

बारम्बार-रुघा लाग्नु र हाच्छु आउनु एलर्जीको लक्षण, बेलैमा अपनाउनुस् सावधानी


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — मौसममा परिवर्तन हुँदा केटा-केटी, महिला तथा बुढा-पाकाहरुमा एलर्जिको समस्या बढ्न जान्छ । आमा-बाबु मध्ये कुनै एक जनालाई कुनै प्रकारको एलर्जिको समस्या छभने उनीहरुको सन्तानमा पनि एलर्जि हुने संभावना बढिहुन्छ ।

व्यक्ति यदि स्वस्थ्य छभने मात्र उसले राम्रोसँग काम गर्न सक्छ । तर, आजको व्यस्त जीवन शैलीमा साना-तिना कयौं प्रकारका रोगहरुले मानिसलाई हैरान गरिरहेको हुन्छ । बदलिंदो मौसममा एलर्जी हुनु अचकल सामान्य कुरो भईसकेको छ ।

मौसम परिवर्तन हुँदा एलर्जी हुने खतरा बढी हुन्छ । शरीरको ( इम्यून सिस्टम ) प्रतिरोधात्मक क्षमतामा हुने असन्तुलनको कारणले गर्दा मानिसहरु एलर्जीको शिकार हुन्छन् । बदलिंदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी), एलर्जिक अस्थमा (श्वास), स्किन एलर्जी र खाद्य पदार्थको एलर्जि हुनु सामान्य कुरो हो ।

एलर्जिको लक्षण

शरीरमा डाबर आउनु, चिलाउनु, बारम्बार-रुघा लाग्नु, हाच्छु आउनु, आँखा, नाक चिलाउनु, ज्वरोआउनुको साथै शरीरका मांसपेशीहरु दुख्नु, यसका शुरुका लक्षणहरु हुन् ।

यस्तै खाद्य पदार्थबाट हुने एलर्जिमा खाना खाएको केही मिनेट पछि अनुहार चिलाउने, डाबर आउने, औंठ, अनुहार, जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निने , श्वास फेर्न गाह्रो हुने, पेट दुख्ने, पातलो दिशा हुने, बान्ता हुने चक्कर लाग्ने, ब्लड प्रेसर कम हुने, बेहोस भएर लड्ने आदि जस्ता लक्षणहरु देखिन्छन् ।

यस्तो लक्षणहरुको आधारमा नै एलर्जिको पहिचान हुन्छ । यदि अलिकति सावधानी अपनाउने हो र समयमै उपचार गर्ने हो भने सजिलैसित यसरोगबाट छुटकारा पाउन सकिन्छ ।

मुख्यकारण

एलर्जि हुनुको मुख्य कारणहरुमा प्रदूषण, धूलो-माटो, घास, पराल एवं रुख-पात, बिरुवाको परागकण हो । घरबाट बाहिर निस्किंदा धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसहरुको नाकमा प्रवेश गर्दछ ।

यही एलर्जिक (नाकको म्युकसझिल्लि) को प्रदाह राइनाइटिस को कारण बन्दछ । यसको अलावा कुकुर, बिरालो पाल्ने घरपरिवारमा पनि एलर्जि हुने जोखिम बढि हुन्छ। भुतला हुने जनावरहरु कुकुर, बिरालोको रौं बराबर भुईमा झरिरहन्छ। जुन एलर्जीको कारण बन्दछ ।

जोखिम के हुन्छ ?

– नाकको एलर्जीले साइनसको ऑस्टिया (हड्डिको प्वाल) लाइ बन्द गर्न सक्छ । जुन पछि गएर साइनोसाइटिस् (पिनास) को कारण बन्न सक्छ ।
– यसले नाकभित्र पालिपस (मासुको) डल्लो बनाउन सक्छ ।
– यसले कानको ऑडिटरी ट्यूब (श्रवण) नलिलाई बन्द गर्न सक्छ । जसले गर्दा कानको मध्यभागमा पानी भरिन सक्छ ।
– यस्ता बिरामीहरुमा अस्थमा (दम) हुने जोखिम चार गुणाले बढी हुन्छ ।

कसरी जोगिने ?

१. इन्फेक्शनबाट बच्ने प्रयास गर्ने ।
२. चिसो हावा, धूलो-धुवाँ र ओसिलो ठाउँबाट बच्ने ।
३. घरबाट बाहिर निस्किंदा धूलोको कण नाक भित्र कम से कम मात्रा जाऔस भनेर कोशिस गर्ने ।
४. यदि धूलो-धुवाँ भएको ठाउँमा जानु पर्योभने मास्क या रुमाल राखेर जाने ।
५. घरको पाल्तु जनावर कुकुर, बिरालो आदिको धेरै निजक नजाने ।
६. घर या कार्यालयमा जहाँ ओसिलो छ, त्यहाँ नजाने ।
७. धूम्रपान नगर्ने । यदि छेउको कुनैब् व्यक्तिलाई चुरोटको धुवाँले एलर्जि छभने उसकोअगाडि चुरोट नपिउने ।
८. कुनै खाद्यपदार्थ खानाले यदि नाकमा एलर्जी हुन्छ भने त्यो बस्तुको सेवन नगर्ने ।
९.नाकको एलर्जिले बढि तकलिफ भएमा नोजल स्प्रेको प्रयोग गर्न सकिन्छ ।
१०. जुन चिजको प्रयोगले छालामा एलर्जी हुन्छ, त्यस चिजलाई नोट गर्ने र त्यो वस्तु को प्रयोग गर्न बन्द गरिदिने । छालाको जुन भागमा एलर्जी हुन्छ, त्यहाँ कुनैपनि प्रकारको कास्मेटिक साधनको प्रयोग नगर्ने ।
११. हाम्रो वरिपरि मौजुद रहेका एलर्जि उत्पन्न गराउने तत्वहरु (एलर्जन) बाट बच्नु नै एलर्जीको सबभन्दा राम्रो इलाज हो ।
१२. धेरै जसो व्यक्तिहरुको छाला अत्यधिक संवेदनशील हुन्छ । कुनैवस्तु विशेषको सम्पर्कमा आउनसाथै त्यस्ता व्यक्तिलाई एलर्जी भई हाल्छ । धेरै जसोलाई अर्काको चिज प्रयोग गर्नले पनि एलर्जी भई हाल्छ । जस्तै: सुत्ने औछ्यान, टॉवेल, अर्काले लगाएको लुगा, जुत्ता, चप्पल आदि । उनीहरुले यस कुराको बिशेष ख्याल राख्नु पर्दछ ।
१३. घरमा बात्ति (सलेदो) भएको स्टोवको ठाउँमा एलपीजी या इलेक्ट्रिक स्टोवको उपयोग गर्ने ।
१४. घरमा शुद्ध बायु आउनेको व्यवस्था सुनिश्चित गर्ने ।
१५. घर यदि सड़क छेउमा छभने बाहिरको धूलो-माटो कोठाभित्र आउन रोक्नको लागि झ्याल ढोका सकेसम्म बन्द राख्ने या झ्यालमा सिसा को साथै मसिनो जाली लगाउने ।
१६. भान्छामा एक्जास्ट फेनको उपयोग गर्ने ।
१७. धेरैजसोलाई फूलको बाँस्नाले पनि एलर्जी हुन्छ, यस्ता व्यक्तिहरुले फुलफुल्ने किसिमको बिरुबा कोठामा नराखने ।
१८. आफ्नो औछ्यान लाई सफा-सुघ्घर राख्ने ।
१९. घरमा भिजाएको कपडाले पोछा नलगाउने ।
२०. घरको भित्तामा ढुस्सी या जालो लागेको छभने त्यसलाई ब्लिच गरेर सफा गर्ने ।
२१. बरसातको मौसम स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ । तर, केहि खास किसिमका रोगहरु जस्ते- अस्थमा, हृदय रोग, क्यान्सरबाट ग्रसित व्यक्तिहरुको लागि यो मौसमले केहि समस्या पनि ल्याउछ ।
२२. प्रतिदिन बिचार गर्नुस कुन चिज खाएपछि वा लगाएपछि शरीरमा एलर्जीको लक्षण देखिन्छ । तपाइले त्यस बिशेष चिजको नाम अगाडि x को निशान लगाई दिने र त्यो वस्तु खान वा लगाउन बन्द गरिदिने ।

कस्तो उपचार गर्ने ?

एलर्जिको उपचार भनेको हाम्रो बाह्य बातावरणमा मौजुद रहेको एलर्जनबाट बच्नु नै यसको सबैभन्दा राम्रो उपाय हो । आधुनिक चिकित्सा एलोप्याथिकमा यसको कुनै ईलाज छैन, केवल जुन वस्तुसँग एलर्जि छ । त्यसको त्याग गरिदिनु हो । जस्तै- घामबाट एलर्जि छभने घाममा नहिड्ने, हिड्नै पर्यो भनेपनि छाता ओढेर हिड्ने । यस्तै अन्य कुरामा पनि यहि नियम लागु हुन्छ । होमियोप्याथिक चिकित्सामा रोगीको ईम्युन सिस्टमलाई सबल बनाइ रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने हुनले, यसबाट रोगको जरैबाट उपचार गर्ने गरिन्छ । एलर्जि स्थायी रुपमा निको भएर जान्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ११ : ५० बजे

इजरायलविरुद्धको आक्रमणका लागि इरानी कमान्डर सम्मानित

एजेन्सी– इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणका लागि इरानले वायु सेनाका कमान्डरलाई

दक्षिणकाली र सिस्नेरीका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौँको दक्षिणकाली नगरपालिका र

म्याग्दीमा व्यावसायिक अकबरे खुर्सानी खेती, प्रतिकिलो २५० का दरले बिक्री

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे (डल्ले)

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

गलकोट– बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने

घोराही – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग