गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि ! « Khabarhub

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका छन् । नवलपरासीबाट स्थगित संवाद यात्राको थालनी गर्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीमा नेतृत्वलाई प्रश्न गर्न नपाइने टिप्पणी गरेका हुन् । 

उनले भने- ‘एमाले कस्तो पार्टी बन्यो भने पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्नै नपाइने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा, बा प्रश्न भन्दा माथि ।’

महामन्त्री थापाले रास्वपामथि अनि व्यंग्य गर्दै नयाँ पार्टीमा पनि अध्यक्षलाई भगवानको दर्जा दिइएको बताए ।  

उनले भने- ‘नयाँ पार्टीमा पनि त्यस्तो छ, अध्यक्ष भनेको भगवान, भगवानलाई प्रश्न गर्न नपाउने, भगवान प्रश्न भन्दा माथि, भगवानले ठगे पनि हुने, भगवानले लुटे पनि हुने, त्यस्तो पार्टी पनि हुन्छ ।  तर हामीले त्यस्तो पार्टी नबनाउने भन्यौं ।’

महामन्त्री थापाले कांग्रेस भित्र भित्र अन्तर पार्टी लोकतन्त्रको अभ्यास गरिरहेको बताउँदै कार्यकर्तासँग बसेर आफ्ना समस्या बारे छलफल गर्न सकिने र गरिरहेको बताए । उनले टिकट वितरणको अहिलेको प्रणालीलाई छलफल गरेर समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  २ : ५८ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको