दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी « Khabarhub

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स दिल्ली क्यापिटल्समाथि १२ रनले विजयी भएको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको राजस्थानले लगातार दोस्रो जित निकाल्दै चार अंक जोडेको छ।

दुई खेल खेल्दा दिल्ली क्यापिटल्स भने अंकबिहीन बनेको छ। बिहीबार राति जयपुरमा भएको खेलमा राजस्थानले ५ विकेटको क्षतिमा १८५ रन जोडेको थियो। राजस्थानका लागि रियान परागले नटआउट सर्वाधिक ८४ रन बनाए। ४५ बलको सामना गरेका रियानले ७ चौका र ६ छक्का प्रहार गरे। रविचन्द्रन आश्विनले २९, ध्रुव जुरेल २०, कप्तान सञ्जु स्यामसनले १५ रन जोड्दा शिमरोन हेटमायरले नटआउट १४ रन बनाए।

दिल्लीका लागि खलील अहमद, मुकेश कुमार, एन्डिट नटर्जी, अक्षर पटेल र कुलदीप यादवले एकएक विकेट लिए।

१८६ रनको लक्ष्य पछ्याएको दिल्ली १७३ रनमा समेटिएको हो। उसका लागि डेबिड वार्नरले सर्वाधिक ४९ रन बनाए। उनले ३४ बलमा तीन छक्का र पाँच चौका प्रहार गरे। उनी एक रनले अर्धशतक बनाउन चुके। २३ बल खेलेका ट्रिस्टन स्टब्सले नटआउट ४४ रन जोडे पनि दिल्लीलाई जिताउन सकेनन्। कप्तान ऋषभ पन्तले २८, मिचेल मार्शले २३ रन बनाउँदा अक्षर पट्टेले नटआउट १५ रन बनाए।

राजस्थानका लागि नान्द्रे बर्गर र युजवेन्द्र चहलले दुईदुई विकेट लिए भने आवेश खानले एक विकेट हात पारे।

यो जितसँगै राजस्थान लगातार दोस्रो जित निकाल्दै चार अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। दिल्ली भने लगातार दोस्रो हार बिहोर्दै अंकबिहीन छ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ६ : १४ बजे

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व उल्लेख्य वृद्धि

रूपन्देही– आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्ष २०८२–०८३ को