दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी « Khabarhub

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स दिल्ली क्यापिटल्समाथि १२ रनले विजयी भएको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको राजस्थानले लगातार दोस्रो जित निकाल्दै चार अंक जोडेको छ।

दुई खेल खेल्दा दिल्ली क्यापिटल्स भने अंकबिहीन बनेको छ। बिहीबार राति जयपुरमा भएको खेलमा राजस्थानले ५ विकेटको क्षतिमा १८५ रन जोडेको थियो। राजस्थानका लागि रियान परागले नटआउट सर्वाधिक ८४ रन बनाए। ४५ बलको सामना गरेका रियानले ७ चौका र ६ छक्का प्रहार गरे। रविचन्द्रन आश्विनले २९, ध्रुव जुरेल २०, कप्तान सञ्जु स्यामसनले १५ रन जोड्दा शिमरोन हेटमायरले नटआउट १४ रन बनाए।

दिल्लीका लागि खलील अहमद, मुकेश कुमार, एन्डिट नटर्जी, अक्षर पटेल र कुलदीप यादवले एकएक विकेट लिए।

१८६ रनको लक्ष्य पछ्याएको दिल्ली १७३ रनमा समेटिएको हो। उसका लागि डेबिड वार्नरले सर्वाधिक ४९ रन बनाए। उनले ३४ बलमा तीन छक्का र पाँच चौका प्रहार गरे। उनी एक रनले अर्धशतक बनाउन चुके। २३ बल खेलेका ट्रिस्टन स्टब्सले नटआउट ४४ रन जोडे पनि दिल्लीलाई जिताउन सकेनन्। कप्तान ऋषभ पन्तले २८, मिचेल मार्शले २३ रन बनाउँदा अक्षर पट्टेले नटआउट १५ रन बनाए।

राजस्थानका लागि नान्द्रे बर्गर र युजवेन्द्र चहलले दुईदुई विकेट लिए भने आवेश खानले एक विकेट हात पारे।

यो जितसँगै राजस्थान लगातार दोस्रो जित निकाल्दै चार अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। दिल्ली भने लगातार दोस्रो हार बिहोर्दै अंकबिहीन छ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ६ : १४ बजे

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ