बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि « Khabarhub

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२० सिरिज शुक्रबारदेखि सुरु हुँदैछ। बिहीबारको खेल वर्षाले अवरुद्ध भएपछि नेपाल क्रिकेट संघले टी-२० सिरिजको मिति एक दिन पछाडि सारेको हो।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग शुक्रबारदेखि नेपाल ‘ए’ले पहिलो टी-२० सिरिज खेल्दैछ। खेल दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ।

आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ टिमले तीन-तीन खेलको टी-२० र एक दिवसीय सिरिज खेल्न लागेका हुन्। आयरल्यान्डसँग खेल्ने टी-२० र एक दिवसीय सिरिजका लागि क्यानले विनोद भण्डारीको कप्तानीमा टिम घोषणा गरिसकेको छ।

नयाँ तालिका अनुसार नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग टी-२० सिरिजको शुक्रबार पहिलो खेल खेल्न लागेको हो। दोस्रो खेल शनिबार र अन्तिम खेल आइतबार हुनेछ।

क्यानले एक दिवसीय सिरिजको भने मिति परिवर्तन गरेको छैन। आयरल्याण्ड ‘ए’सँगको एक दिवसीय सिरिज चैत २१ गते सुरु हुनेछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले नेपालको राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ६ : २९ बजे

संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको

गोदाममा ग्यास, सडकमा लाइन : आखिर समस्या कहाँ छ ?

काठमाडौं- सरकारी निकायले खाना पकाउने ग्यास पर्याप्त छ भनेको साता

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच