एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय « Khabarhub

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको जेल सजाय भएको छ ।

फ्राइडलाई आफ्नो कम्पनी एफटीएक्स मार्फत क्रिप्टोकरेन्सी एक्सचेन्ज ग्राहकहरूबाट आठ अर्ब डलर चोरेको आरोपमा २५ बर्ह्सको जेल सजाय सुनाइएको हो ।यस घटनालाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो आर्थिक ठगी भएको बताइएको छ ।

म्यानहट्टन जिल्ला न्यायाधीश लुइस कपलानले यस मुद्धामा आफ्नो फैसला सुनाउदै बैंकम्यान फ्राइडको दावीलाई सुनुवाइमा अस्वीकार गर्दै ग्राहकहरूले पैसा गुमाएको र उनले झुटो कुरा गरेको बताएका थिए ।

न्यायाधीशले बैंकम्यानलाई एफटिएक्सको २०२२ मा भएको पतनसँग सम्बन्धित सात ठगी र षड्यन्त्र मा दोषी भएको फैसला सुनाएका थिए । न्यायाधीश कपलानले बैंकम्यानलाई यो गलत काम गरेको थाहा भएको समेत बताएका छन् । 

साथै न्यायाधीशले एफटिएक्सको नाममा रहेको ११.०२ बिलियन डलर जफत गरेर पिडितहरुको भुक्तानी गर्न समेत आदेश दिएका छन् । 

अदालतले यसअघि आफ्नो निर्णयमा अमेरिकी जिल्ला न्यायाधीश लुइस कपलानले प्रतिवादीले साक्षीहरूसँग छेडछाड गर्ने संघीय अपराध गरेको पाएको बताएको थियो । यो अपराध उद्धृत गर्दै, बैंकम्यान-फ्राइडलाई संघीय हिरासतमा फिर्ता गर्न आदेश दिइएको थियो । 

बैंकम्यानलाई लगानीकर्ताहरूलाई धोका दिएको र एफटीएक्सअल्मेडा रिसर्च क्लाइन्टहरूको रकम दुरुपयोग गरेको आरोप लागेको थियो ।

फ्राइड छोटो समयमा नै उदाएका अमेरिकी व्यवसायी मानिन्थे । उनी फाइनान्स र टेक्नोलोजी म्यागजिनको कभरमा समेत देखा परेका थिए । उनलाई फर्च्युनले वारेन बफेटसँग तुलना गरेको थियो र प्रमुख कोष प्रबन्धकहरू र उद्यम पुँजीपतिहरूबाट ठूलो लगानी प्राप्त गरेको थियो ।

तर यो सबै नाटकीय रूपमा बिग्रियो जब एक मिडिया रिपोर्टले अल्मेडाको ब्यालेन्स पाना कुनै स्वतन्त्र मूल्य बिना एफटिएक्सद्वारा सिर्जना गरिएको टोकनहरूमा आधारित रहेको खुलासा गर्यो । एकै समयमा, बैंकम्यानका कम्पनीहरू खतरनाक रूपमा आपसमा जोडिएको रूपमा पर्दाफास भयो । 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १० : ५७ बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको