एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय « Khabarhub

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको जेल सजाय भएको छ ।

फ्राइडलाई आफ्नो कम्पनी एफटीएक्स मार्फत क्रिप्टोकरेन्सी एक्सचेन्ज ग्राहकहरूबाट आठ अर्ब डलर चोरेको आरोपमा २५ बर्ह्सको जेल सजाय सुनाइएको हो ।यस घटनालाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो आर्थिक ठगी भएको बताइएको छ ।

म्यानहट्टन जिल्ला न्यायाधीश लुइस कपलानले यस मुद्धामा आफ्नो फैसला सुनाउदै बैंकम्यान फ्राइडको दावीलाई सुनुवाइमा अस्वीकार गर्दै ग्राहकहरूले पैसा गुमाएको र उनले झुटो कुरा गरेको बताएका थिए ।

न्यायाधीशले बैंकम्यानलाई एफटिएक्सको २०२२ मा भएको पतनसँग सम्बन्धित सात ठगी र षड्यन्त्र मा दोषी भएको फैसला सुनाएका थिए । न्यायाधीश कपलानले बैंकम्यानलाई यो गलत काम गरेको थाहा भएको समेत बताएका छन् । 

साथै न्यायाधीशले एफटिएक्सको नाममा रहेको ११.०२ बिलियन डलर जफत गरेर पिडितहरुको भुक्तानी गर्न समेत आदेश दिएका छन् । 

अदालतले यसअघि आफ्नो निर्णयमा अमेरिकी जिल्ला न्यायाधीश लुइस कपलानले प्रतिवादीले साक्षीहरूसँग छेडछाड गर्ने संघीय अपराध गरेको पाएको बताएको थियो । यो अपराध उद्धृत गर्दै, बैंकम्यान-फ्राइडलाई संघीय हिरासतमा फिर्ता गर्न आदेश दिइएको थियो । 

बैंकम्यानलाई लगानीकर्ताहरूलाई धोका दिएको र एफटीएक्सअल्मेडा रिसर्च क्लाइन्टहरूको रकम दुरुपयोग गरेको आरोप लागेको थियो ।

फ्राइड छोटो समयमा नै उदाएका अमेरिकी व्यवसायी मानिन्थे । उनी फाइनान्स र टेक्नोलोजी म्यागजिनको कभरमा समेत देखा परेका थिए । उनलाई फर्च्युनले वारेन बफेटसँग तुलना गरेको थियो र प्रमुख कोष प्रबन्धकहरू र उद्यम पुँजीपतिहरूबाट ठूलो लगानी प्राप्त गरेको थियो ।

तर यो सबै नाटकीय रूपमा बिग्रियो जब एक मिडिया रिपोर्टले अल्मेडाको ब्यालेन्स पाना कुनै स्वतन्त्र मूल्य बिना एफटिएक्सद्वारा सिर्जना गरिएको टोकनहरूमा आधारित रहेको खुलासा गर्यो । एकै समयमा, बैंकम्यानका कम्पनीहरू खतरनाक रूपमा आपसमा जोडिएको रूपमा पर्दाफास भयो । 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १० : ५७ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००