लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए « Khabarhub

लोकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए २१ रनले पराजित भएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रनमा अलआउट भयो ।

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार गरे पनि टिमको हार टार्न सकेनन् । ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १ सय ६ रनमा आउट भएका लोकेसपनि नेपालको इनिङ धर्मरायो ।

नेपाललाई बलिायो स्थितीमा पुर्‍याउन लोकेशसँग साझेदारी गरेका आरिफ शेख ४९ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानहरु क्रिजमा टिक्नै सकेनन् ।

नेपाल ए का कप्तान विनोद भण्डारीले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अर्जुन घर्ती ३, किरन ठगुन्ना २, बसिर अहमबेद ३ रनमा आउट भए ।

देब खनाल, रासिद खान, कमल ऐरी र हेमन्त धामी शून्य रनमा आउट भए । सागर ढकाल १ रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिला बलिङ गरेको नेपालका कमल ऐरीले ३ विकेट लिए । चोटका कारण २ वर्ष मैदान बाहिर रहेका ऐरीले पहिलो ओभरमा नै विकेट लिएका थिए । सागर ढकाल र आरिफ सेखले पनि एक/एक विकेट लिए ।

 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ४ : ४१ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : रोचक बन्दै मकवानपुर २ को चुनावी माहौल

बागमती– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति

नेकपाको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चुनावी जितलाई रूढीवादी एजेन्डामा रूपान्तरण गर्दै ताकाइची

टोकियो– जापानी प्रधानमन्त्री साने ताकाइचीले आफ्नो व्यक्तिगत लोकप्रियताबाट प्राप्त चुनावी

प्रतिनिधिसभा निर्वाचन : रुपन्देही–३ मा ३६ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै

देवदह– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही

लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादी चलखेल नेपालमा पनि देखियो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड