सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन « Khabarhub

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेश संसदीय दललाई निर्देशन दिएको छ ।

सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई आज पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ता लिन र सरकारबाट बाहिर आउन निर्देशन दिएकी हुन।

पार्टी कार्यालय टीकापुरमा चैत्र १४ गते बसेको बैठकले गरेको निर्णय अनुसार सरकारबाट बाहिर आउन निर्देशन दिँदै अध्यक्ष श्रेष्ठले अन्यथा पार्टीको विधान आकर्षित गरिने बताएकी छन् ।

नयाँ गठबन्धनलाई लिएर नाउपा भित्र चरम विवाद देखिएको छ । पार्टीका संस्थापक रेशम चौधरी नयाँ गठबन्धनमा सहभागी नहुने मनसायमा हुँदा पार्टी अध्यक्ष श्रेष्ठ भने गठबन्धनलाई समर्थन गर्ने बताउँदै आएकी छन् । जस अनुसार नाउपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत समेत दिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ५ : ०१ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै