खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी « Khabarhub

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको प्रशंसा र योगदान अतुलनीय रहेको बताएका छन् ।

दाङको लमही नगरपालिका–९ अमिलिया चोकमा आज दिवङ्गत नेता खड्काको पूर्णकदको शालिक अनावरण गर्दै सभापति देउवाले खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइएको दाबी गरे । शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्ने कांग्रेस नेताहरुले पार्टी र जनतालाई जोड्न पूर्वमहामन्त्रीसमेत रहेका खड्काको योगदान अतुलनीय रहेको, अहिले उनको अभाव पार्टीले भोग्नुपरेको टिप्पणी गरे ।

कांग्रेसका पूर्वमन्त्री स्व खड्काको शालिक अनावरण कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, सहमहामन्त्रीद्वय किशोरसिंह राठोर, महालक्ष्मी उपाध्याय, प्रदेश सभापति अमरसिंह पुन, उपसभापति राजु खनाल, पूर्वजिल्ला सभापतिहरु वीरकेशरी गौतम, कीर्तिबहादुर खड्का, मोहनलाल वली, क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नम्बर १ का सभापति तथा खुमबहादुर खड्का शालिक निर्माण समिति संयोजक भेषराज पाण्डेलगायतले बोलेका थिए ।

विसं २०७६ चैत १६ मा कामको थालनी भएको शालिक निर्माणको काममा ७१ जनाबाट सहयोग भएको शालिक निर्माण समिति संयोजक पाण्डेले बताए । शालिक बनाउन रु २४ लाख सहयोग उठेकोमा रु २० लाख ४८ हजार खर्च भएको र बाँकी रकमबाट अधुरा काम हुने उनले जानकारी दिए ।

पटकपटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्का जेल परेका थिए । विसं २०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो । अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट खड्का दोषी ठहर भएका थिए ।

रु दुई करोड ३६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सर्वोच्चमा २०६३ चैतमा पुनरावेदन गरेको थियो । सर्वोच्चले खड्कालाई डेढ वर्ष कैद र रु ९४ लाख ७४ हजार एक सय बिगो र त्यति नै जरिवानाको फैसला सुनाएको थियोे । विसं २०७४ चैत १६ गते ६७ वर्षको उमेरमा खड्काको निधन भएको थियो ।

दाङ जिल्ला उपसभापति गिरीराज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको शालिक अनावरण कार्यक्रमको सहजीकरण सचिव अर्जुनकुमार योगीले गरेका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ९ : १८ बजे

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले

रामकुमारीले भनिन्- सुशासन र गुणस्तरीय सेवाका नाममा नागरिकलाई तर्साएर शासन गर्न हुँदैन

काठमाडौं– राष्ट्रियभा सदस्य रामकुमारी झाँक्रीले सुशासन र गुणस्तरीय सेवामा नाममा

हर्क साम्पाङलाई जानकारको सुझाव– ‘सस्तो स्टन्टले निलम्बनमा परिएला’

काठमाडौं- चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहले अहिलेसम्म

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका