आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन | Khabarhub Khabarhub

आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चीन । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुक तीव्र आर्थिक समृद्धिको यात्रामा रहेकाले आर्थिक कूटनीतिमा ध्यान दिन ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई निर्देशन दिएका छन् ।

जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठले चीनका सिजाङ्ग (ल्हासा)मा रहेको नेपाली माहावाणिज्य दूतावासमा आज आयोजित कार्यक्रममा मुलुकको समृद्धिमा आर्थिक कूटनीति महत्त्वपूर्ण रहेको बताए ।

मुलुक आर्थिक विकास र समृद्धिलाई केन्द्रीय कार्यभार बनाएर अगाडि बढिरहेकाले यसलाई ठोस नतिजामा पुर्याउन र यसलाई मूर्तरुप दिन ठोस योजनाबद्ध भएर काम गर्नुपर्ने उल्लेख गर्दै उनले भने , “ठोस नतिजा देखिने र द्रूत प्रगति हुने काममा योजनाबद्ध भई काम गर्न दूतावासले आर्थिक कूटनीतिलाई अधिकतम प्रयोग गर्नुपर्छ ।”

दूतावासले चीन र नेपालबीच रहिआएका परम्परागत असल सम्बन्धलाई अझ सुदृढ बनाउँदै मुलुकको आर्थिक विकास र परस्पर लाभको पक्ष प्रभावकारी बनाउन योगदान पुर्याउनुपर्नेमा उनले जोड दिए। उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो भ्रमणका क्रममा भएका उच्चस्तरका भेटमा आर्थिक सहयोग अभिवृद्धिलाई मुख्य केन्द्रमा राखिएको बताए ।

नेपालको प्रत्यक्षरूपमा तिब्बतसँग जोडिएका नाका र यसका अतिरिक्त छोङछिङ, सिचुवान र तिब्बतलाई नेपालको विकाससँग सम्बन्धित नेपाल चीन आर्थिक करिडोरका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले भने, “मुलुकमा लगानी तथा व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा आर्थिक सहयोगमा दूतावासले महत्त्वपूर्ण योगदान गर्नुपर्ने आवश्यकता छ ।”

स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने तथा कूटनीतिलाई सन्तुलत बनाउने काममा वर्तमान सरकार तुलनात्मक रूपले सफल भएको जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले सरकार आर्थिक विकासको प्रक्रियालाई तीव्र र मूर्त बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको बताए । उनले स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १० : ५८ बजे

राष्ट्रपतिसमक्ष विभिन्न मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले

काश्मीरमा भीषण बाढी, कम्तीमा ३४ जनाको मृत्यु

एजेन्सी– भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको

सचिवालयको स्पष्टीकरण- न्यायपरिषद्‍मा रविविरुद्धको उजुरी गृहमन्त्रीको कार्यकक्षमा तयार गरिएको होइन

काठमाडौं – गृहमन्त्री रमेश लेखकको सचिवालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा

बागमतीका निलम्बित मेयर थापालाई भ्रष्टाचार मुद्दामा आठ वर्ष सजाय, १० करोड असुल्न आदेश

काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा ८

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रोल्पा– ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा थवाङ गाउँपालिका-२ दहवाङ बस्ने