शनिबार, शनिदेवको पूजा गर्नुहोस् « Khabarhub

शनिबार, शनिदेवको पूजा गर्नुहोस्


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत १७ गते शनिबार तदनुसार सन् २०२४ मार्च ३० तारिख। चैत कृष्ण पक्षको पञ्चमी तिथि। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ । शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यका पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपलमा पानी हाल्दा फल पक्कै मिल्नेछ। शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्दा राम्रो हुने हिन्दु धर्मशास्त्रमा उल्लेख छ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ५ : ३० बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि