पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो | Khabarhub Khabarhub

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०–०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

काँकरभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा १३ अर्ब ३३ करोड १६ लाख ३३ हजारको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ ।

अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६२ करोड ४३ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास भारतबाट आयात भएको थियो ।

पूर्वी नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयातमा भारी गिरावट आएको छ । प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार आव २०८०–०८१ को आठ महिनामा चार अर्ब ८७ करोड ६९ लाख ९६ हजारको ४५ हजार १४० किलोलिटर डिजेल आयात भएको छ ।

आव २०७९–०८० को सोही अवधिमा पाँच अर्ब ७३ करोड १८ लाख १७ हजारको डिजेल आयात भएको थियो । गत आवको फागुन मसान्तसम्मको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८५ करोड ४८ लाख २१ हजार मूल्य बराबरको डिजेलको आयात घटेको छ । पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १० : २१ बजे

प्रत्यक्ष सैन्य सञ्चार च्यानल स्थापना गर्न अमेरिका र चीन सहमत

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथले आइतबार अमेरिका र

जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका युवाले लुटेका थिए प्रहरीको हतियार

काठमाडौं- उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले गत भदौ २३ र

खुला सिमाना हुँदा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या

काँक्रेविहार– गत मंगलबारदेखि परेको हिमपातका कारण डोल्पामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय

बालेनलाई जेन-जी युवा माजिदको सुझाव : फेसबुकले देश चल्दैन, संयमित हुनुहोस्

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार राति फेसबुकमा नेपाली

हर्कको प्रश्न- बालेनले जस्तै मैले लेखेको भए के हुन्थ्यो होला ?

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन साहले