सांसदहरुको असन्तुष्टि–बाढीपीडितका लागि सरकारको काम सन्तोषजनक भएन « Khabarhub

सांसदहरुको असन्तुष्टि–बाढीपीडितका लागि सरकारको काम सन्तोषजनक भएन


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी, पहिरो र डुबानबाट पीडित बनेकाहरुका लागि राहत तथा पुनर्स्थापना कार्य सन्तोषजनक नभएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले राहत र पुनर्स्थापनाको कार्य सन्तोषजनक नभएको भन्दै उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले तराई/मधेशमा डुबान तथा पहाडी क्षेत्रमा पहिरो नियन्त्रण गर्न पूर्वतयारी नगरिएको भन्दै आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन सरकार सजग हुनुपर्ने माग गरे ।

सांसद लक्ष्मी परियारले शान्तिसुरक्षाको प्रत्याभूति गर्न र हालै पूर्वी जिल्लामा दलित युवामाथि भएको कुटपिटको घटना छानबिन गर्न माग गरिन् ।

सांसद विमला विश्वकर्माले एक प्रदेशबाट अर्को प्रदेश तथा प्रदेशबाट स्थानीय निकायमा जाँदा यातायात क्षेत्रमा रुट परमिट लिन नपर्ने व्यवस्था मिलाउन आवश्यक रहेकामा जोड दिँदै रुट परमिट लिनुपर्ने व्यवस्थाले यातायात व्यवसायी समस्यामा परेका छन्, भनिन् ।

सांसद विरोध खतिवडाले सुनको अवैध कारोवार रोक्न सरकारले विशेष ध्यान दिनुपर्ने र यसको मूल्यलाई नियन्त्रणमा समेत राख्नुपर्ने विचार व्यक्त गरे ।

सांसद सत्यनारायण शर्मा पौडेलले पूर्वी नवलपरासी जिल्लामा यातायातमा एक पालिकाबाट अर्को पालिकामा प्रवेश गर्दा कर तिर्नुपर्ने बाध्यता रहेको हुँदा दोहोरो कर हटाउन माग गरे ।

सांसद सीतादेवी यादव र सरिताकुमारी गिरीले तराई/मधेशका बाढीपहिरोपीडितलाई थप राहतको व्यवस्था मिलाउन माग गर्दै विगतका द्वन्द्वपीडितले सामाजिक न्यायसमेत नपाएको गुनासो गरे ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ३ : १८ बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

भारतमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी– भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक