प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम « Khabarhub

प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका-८ छिस्ती सडक सञ्जालले जोडिएको थियो । अहिले यहाँका अधिकांश बस्तीमा बाह्रै महिना सवारी सधान सञ्चालन हुन थालेका छन् । नगरले कालीगण्डकी करिडोर र कृषि सडकलाई मूल मार्ग मानेर अन्य सडक सञ्जाल विस्तार गरेको हो ।

यसअघि पूर्वाधार विकासको पहिलो खुड्किला मानिएको सडक नपुगेकाले अन्य पूर्वाधारको विकासका लागि नगरसँग चुनौतीका चाङ थिए । अहिले जैमिनीका सबै गाउँ सडक सञ्जालले जोडिएका छन् । सबै वडा कार्यालयमा बाह्रै महिना सवारी सञ्चालन हुनेगरि सडक सञ्जाल विस्तार भए पनि अझै पर्याप्त नभएको जैमिनी–८ छिस्तीका नारायण पौडेलको भनाइ छ । 

पालिका सदरमुकाम कुस्मीसेरा बजार जिल्ला सदरमुकाम बागलुङ बजारसँग कालोपत्र सडकले जोडिएको छ । कुश्मीसेराबाट वडाहरु जोड्ने सडकका नाकामा कालोपत्र र ढलानको काम सुरु भएको छ । नगरले सडक विस्तारमा नयाँ रणनीति लागू गरेको छ । जैमिनीले सडक बनाउने मात्रै नभई बनेका सडकलाई टिकाउन प्रयत्न गरिरहेको जनाएको छ ।

पहिलो कार्यकालमा सुरु भएको दिगो सडक कार्यक्रमलाई जैमिनीले नमूनाका रुपमा कार्यान्वयन गरिरहेको नगर उपप्रमुख हरिहर शर्माले बताए। उनका अनुसार दश वडा रहेको नगरमा १३ दिगो सडकका योजना छन् ।

यी सडक स्तरोन्नति भइसक्दा जैमिनीका सबै वडामा बाह्रै महिना सवारीसाधन सहजै पुग्ने नगर उपप्रमुख शर्माले बताए । यिनै दुईवटा मुख्य सडकलाई आधार बनाएर जैमिनीले हरेक वडा जोड्न दिगो सडक कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

पक्की नाली तयार, ग्राभेल गर्ने, पर्खाल लगाउने र सडक टिकाउने काममा नगर लागेको छ । टुक्रे योजनामा गरेको लगानी खेर जाने भएकाले पनि दिगो सडक कार्यक्रम ल्याइएको शर्माको भनाइ छ ।

दिगो सडकले सर्वसाधारणलाई आवतजावतमा सहज मात्रै होइन, कृषि उपजको बजारीकरण र पर्यटनमा समेत सहयोग गर्ने बुझाइ नगरको छ । 

भूगोलका हिसाबले दूरदराजमा रहेका गाउँमा उत्पादित कृषि उपज तथा पशुधनलाई बजार पुर्‍याउन अहिले पनि ढुवानीमा समस्या हुने गरेको छ । ठूला साधन नपुग्ने र साना सवारी तथा मानव श्रमशक्ति महँगो पर्ने भएकाले किसान निराश छन् । 

उत्पादनभन्दा ढुवानी लागतका कारण मर्कामा परेका किसानलाई दिगो सडकले सहयोग गर्ने नगर उपप्रमुख शर्माले बताए।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ३ : ३६ बजे

बुटवलमा स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी-२०८३ आयोजना गरिने

काठमाडौं– बुटवलमा स्थानीय सीप, कला र उत्पादन प्रदर्शनी–२०८३ आयोजना गरिने

कांग्रेसले माग्यो पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति

पछिल्लो २४ घण्टामा विपद्का ३३ घटना, ७ जना घाइते 

काठमाडौं– विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ३३ वटा विपद्का

बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

एजेन्सी– भारतको बिहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ

दुई दिन बिदा कार्यान्वयन गर्न स्वास्थ्यका १४ संगठनको माग, सेवा प्रभावित नहुने दाबी 

काठमाडौं– इन्धन खपत घटाउने उद्देश्यले सरकारले सातामा दुई दिन सार्वजनिक