अरुण नदीमा फेरी बन्द भएपछि यातायात अवरुद्ध | Khabarhub Khabarhub

अरुण नदीमा फेरी बन्द भएपछि यातायात अवरुद्ध


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

किमाथांका सङ्खुवासभा र भोजपुरलाई जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीमा फेरी बन्द भएपछि यातायात सेवा अवरुद्ध भएको छ ।

शुक्रबार दिउँसो गाडी तार्ने क्रममा फेरीको लठ्ठा (तार)मा समस्या देखिपछि यातायात सेवा अवरुद्ध भएको हो । फेरी बन्द भएपछि भोजपुर जिल्लामा दैनिक उपभोग्य सामग्री आयात तथा आवतजावतमा समस्या उत्पन्न भएको छ ।

चार वर्षअघि निर्माण गरिएको फेरीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि सङ्खुवासभा र भोजपुर आवतजावत ठप्प भएको षडानन्द नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँले जानकारी दिए। उनी अनुसार अवरुद्ध फेरी सञ्चालनमा ल्याउन अझै दुई साता लाग्ने र यसका लागि पहल भइरहेको छ । 

फेरी बन्द भएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पा सिलिच्छो गाउँपालिका जाने दर्जनौँ गाडी अरुण नदीमा अलपत्र परेका छन् । अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम हो । सो नदीमा निर्माणाधीन अवस्थामा रहेको दुईवटा पक्की पुल पनि अझै निर्माण सम्पन्न हुनसकेको छैन ।

अरुण नदीको सतिघाट अरुण नदीमा फेरी निर्माण भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका ७० हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन् । फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको थियो । 

सङ्घीय सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय वटाजति साना–ठूला सवारीसाधन आवतजावत गर्दै आएका थिए । 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ६ : १५ बजे

अनमोलको नायक यात्रा : ट्याग मेघा स्टार, दोस्रो इनिङले अनुभव गरायो १० करोडको ग्रस कलेक्सन

काठमाडौं – कन्टेन्टमा दम भएका फिल्मले नै राम्रो व्यापार गर्ने

पर्यटक तानिरहेको दोधारा–चाँदनी पुल (तस्बिर)

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली

चोटग्रस्त नेयमार ब्राजिलको टिममा परेनन्

काठमाडौं – ब्राजिलियन फुटबलका स्टार नेयमार राष्ट्रिय फुटबल टोलीमा अटाउन

नागरिकता बनाउने र भोट हाल्ने उमेर १६ वर्ष बनाउन पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी लगायतका युवा पुस्ताले निर्वाचन

मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न मिल्दैन : कांग्रेस नेता भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंसिरमा महाधिवेशन गर्न