सामाजिक सुरक्षा भत्ताले पुल निर्माण « Khabarhub

सामाजिक सुरक्षा भत्ताले पुल निर्माण


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – मालिका गाउँपालिका–५ मगरदाङमा एक वृद्धले सामाजिक सुरक्षा भत्तावापतको रकमबाट पुल निर्माण गरेका छन् ।

मगरदाङकी ८७ वर्षीय रुपीसरा फगामीले डाडागाउँ खोल्सामा व्यक्तिगत लागतमा सात मिटर लामो ढलान गरेको कल्भर्ट पुल निर्माण गरेकी हुन् ।

मगरदाङका स्थानीय भकबहादुर घर्तीमगरले फगामीले सरकारबाट मासिक रु चार हजारका दरले पाउने सामाजिक सुरक्षा भत्ता सङ्कलन गरेर रु पाँच लाखको लागतमा पुल निर्माण गरेको जानकारी दिए ।

दिवङ्गत श्रीमान् कलवीर फगामीको स्मृतिमा रुपीसराले निर्माण गर्नुभएको पुलको आज वडा सदस्य धनबहादुर फगामीले उद्घाटन गरे । पुल उद्घाटनका अवसरमा मगरदाङ आमा समूह र मालिका देवीस्थान बाजा समूहले रुपीसरालाई फुलमाला र प्रमाणपत्रले सम्मान गरेका थिए ।

सो पुलबाट मगरदाङका करिब दुई सय ५० घरधुरी लाभान्वित भएका छन् । वर्खामा खोल्सामा बाढी आउँदा जोखिम खोलेर वारपार गर्नुपर्ने समस्या हटेको छ । फजुल खर्च बचाएर श्रीमान्को नाममा विकास निर्माणमा खर्च गरी रुपीसराले उदाहरण प्रस्तुत गरेको वडा सदस्य फगामीले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १० : ०६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको