युनाइटेडका लुकाकु इन्टर मिलानमा « Khabarhub

युनाइटेडका लुकाकु इन्टर मिलानमा


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटालीयन फुटबल क्लब इन्टर मिलानले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका स्टाइकर रोमेलु लुकाकुलाई भित्र्याएको छ । बिहीबार युरोपियन सरुवा बजारको अन्तिम दिन इन्टरले लुकाकुलाई क्लबमा आवद्ध गरेको हो ।

युनाइटेडले लुकाकुका लागि मागेको ८० मिलियन युरो इन्टरले दिएपछि उनी इन्टर जाने पक्का भएको हो । यसअघि इन्टरले ५४ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । क्लबबाट बाहिरिने तर्खरमा रहेका लुकाकु मंगलबारको अभ्यासमा नगएपछि क्लबले कारबाही गरेको थियो ।

२६ बर्षीय लुकाकु बेल्जियम राष्ट्रिय फुटबल टोलीका स्टार खेलाडी हुन् ।

२ बर्ष अगाडि एभर्टनबाट क्लबमा भित्र्याउँदा लुकाकुका लागि युनाइटेडले ७५ मिलियन पाउण्ड खर्च गरेको थियो । त्यसैको हारहारीमा पाए लुकाकुलाई बिदा गर्ने लक्ष्यमा  रहेको युनाइटेडले ७४ मिलियन पाउण्डमा छाडेको हो ।

२०१७ मा युनाइटड भित्रीएका लुकाकुले युनाइटेडका लागि ८० गोल गरेका छन् । उनी युनाइटेडका खेलाडीको इतिहासमा चौथो धेरै गोल गर्ने खेलाडी पनि हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ३ : ४५ बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका