भारतमा त्रिकोणात्मक टी-२० सिरिज : आज गुजरातसँग भिड्दै नेपाल | Khabarhub Khabarhub

भारतमा त्रिकोणात्मक टी-२० सिरिज : आज गुजरातसँग भिड्दै नेपाल


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबारदेखि भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्दैछ । नेपालले गुजरातसँग दिउँसो २ बजेर ४५ मिनेटमा पहिलो खेल साई मेघपन स्पोर्ट्स ग्राउन्डमा खेल्नेछ ।

नेपालले विश्वकपको तयारी स्वरुप भारतको गुजरात र बरोडासँग खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

नेपालले प्रतिस्पर्धा गर्ने भारतका दुवै टोली राज्य स्तरका हुन् । आज पहिलो खेल गुजरातसँग खेल्न लागेको नेपालले दोस्रो खेल अप्रिल २ (चैत २०) मा बरोडासँग खेल्नेछ ।

तेस्रो खेल गुजरातसँग अप्रिल ३ (चैत २१ गते) तारिखमा खेल्नेछ । नेपालले अर्को खेलमा अप्रिल ५ (चैत २३ गते ) तारिखमा बरोडासँग प्रतिस्पर्धा गर्नेछ ।

लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोलीबिच फाइनल भिडन्त हुनेछ ।

नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारीका रुपमा लिइएको छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ९ : ४१ बजे

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौं– स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय

विप्लव, घनश्याम र जनार्दनबीच भेट, वैकल्पिक राजनीति ध्रुवीकरण बनाउनेबारे छलफल 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव