यु–१८ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने « Khabarhub

यु–१८ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यु–१८ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको खेल तालिकाअनुसार नेपाली युवा टोलीले उद्घाटन खेलमा पाकिस्तानसँग खेल्नेछ ।

काठमाडौंमा हुने प्रतियोगिता आगामी असोज ३ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालसहित भुटान पाकिस्तान, माल्दिभ्स, बंगलादेश, श्रीलंका र भारत रहेका छन् । ७ टोलीलाई २ समूहमा बिभाजित गरिएको छ । जसमा नेपालसहित पाकिस्तान, भुटान र माल्दिभ्स समूह ‘ए’ मा रहँदा भारत, बंगलादेश र श्रीलंका समूह ‘बी’ मा रहेका छन् ।

प्रतियोगिताको पहिलो खेल पाकिस्तानसँग खेल्ने नेपाली टोलीले दोस्रो खेल असोज ५ मा माल्दिभ्ससँग र असोज ७ गते समूह चरणको अन्तिम खेल भुटानसँग खेल्ने तालिका रहेको छ ।

प्रतियोगिता हलचोकस्थित शसस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुनेछ । यु–१८ नेपाली युवा टाेली अहिले अभ्यासमा रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ४ : ३४ बजे

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने

देउवाले भने : विशेष महाधिवेशनले कांग्रेस कमजोर भयो, अदालतले न्याय दिनेमा ढुक्क छु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको विवादलाई

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा