एकीकृत समाजवादीका कारण गठबन्धनमा समस्या | Khabarhub Khabarhub

एकीकृत समाजवादीका कारण गठबन्धनमा समस्या


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश सरकार भागबन्डाका लागि आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष टुङ्गियो ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई सत्ता प्राप्तिको भर्‍याङ मात्र बनाउन खोजेको भन्दै असन्तुष्टी पोखेका थिए ।

एमाले र माओवादी केन्द्रले सत्ता प्राप्तिको भर्‍याङ मात्र बनाउन खोजिएको भन्दै यथास्थितिमा सहयोग गर्न नसक्ने नेपालको अडानका कारण बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।

मुख्य गरेर नेपालले सात मध्य एक प्रदेशमा मुख्यमन्त्रीको माग गरेका छन् । राजनीतिक भागबन्डामा पनि सम्मानजनक सहभागी गराउनुपने उनको माग छ ।

मुख्यमन्त्री पाउने विषयमा लिखित सहमति खोजेसागै आजको बैठक अनिर्णित बनेको बताइएको छ । प्रधानमन्त्री पुष्ककमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीले नेपालाई बागमती सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर, नेपाल आफ्ना माग पूरा नभए गठबन्धनलाई सहयोग नगर्ने अडानमा देखिएको बताइएको छ ।

गठबन्धनको बैठक मुख्य गरी भोलि विश्वासको मत लिने तयारी गरेका बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विषयमा केन्द्रीत भएको थियो । तर समाजवादी यहीँ अवस्थामा विश्वासको मत दिन असमर्थ रहेको बताएपछि बागमतीसहित अन्य प्रदेश सरकार पनि प्रभावित हुने भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ६ : १८ बजे

जलिसकेको देउवाको घरमा सर्वसाधारण, केही भेटाउने आशमा खरानी पन्छाउँदै (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनमा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री

जेन-जीलाई रास्वपा सांसद खनालको आग्रह : निषेधको राजनीतिको भ्रममा नपरौँ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य शिशिर खनालले

अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन 

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले आफूलाई अन्तरिम सरकारको नेतृत्व

राष्ट्रपतिको निजी निवास बिहीबार यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आन्दोलनकारीहरूले आगजनी गरेपछि घरभित्र