पेट्रोलियम पदार्थको मूल्य बढ्यो « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


१८ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । नगमले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ।

नयाँ मूल्य सोमबार बिहान एक बजेबाट लागू हुने छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट नयाँ खरिद मूल्य आएअनुसार नेपालमा पेट्रोलियम पदार्थको भाउ बढेको हो ।

आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। भने डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर पठाएको छ।

तर निगम ग्यासमा घाटा भएकाले ग्यासको भाउ यथावत राखेको जनाएको छ। डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ।

 

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ८ : ५९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु