युभेन्टसले डिबालालाई बेच्न मानेन, यो सिजन क्लबमै रहने « Khabarhub

युभेन्टसले डिबालालाई बेच्न मानेन, यो सिजन क्लबमै रहने


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युभेन्टसले आफ्ना फर्वाड खेलाडी पाउलो डिबालालाई यो सिजन क्लबमै राख्ने भएको छ ।

युरोपियन खेलाडी सरुवाको आज अन्तिम दिन युभेन्टसका स्टार खेलाडी पाउलो डिबाला पनि सरुवा बजारमा सामेल थिए । तर, कुरा नमिलेपछि युभेन्टसले यो सिजनमा नबेच्ने भन्दै उनलाई क्लबमै राख्ने निर्णय गरेको हो ।

२५ बर्षीय युवा खेलाडीलाई इंग्लिस क्लब टोटनह्यामले लिने तयारी गरेपनि युभेन्टसले अन्तिममा नबेच्ने घोषणा गरेपछि यो सिजनमा उनी युभेन्ट्समै रहने भएका हुन् ।

सन् २०१५ मा डिबाला युभेन्टसमा आबद्ध भएका थिए । उनलाई युभेन्टसले २३ मिलियन पाउण्डमा पालेर्मोबाट भित्र्याएको थियो । उनले गएको सिजनमा इटालीयन सिरी ए मा १० गोल गरेका थिए । अहिले युभेन्टसको मुख्य प्रशिक्षकमा चेल्सीका पूर्व प्रशिक्षक माउरिझियो सारी रहेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : ०२ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको