नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै | Khabarhub Khabarhub

नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो र दोस्रो खेलमा पराजित नेपाल ‘ए’ले सोमबार टी-२० सिरिजमा आयरल्याण्ड ‘ए’ सँग तेस्रो खेल खेल्दैछ। एक खेल अगाडि नै आयरल्याण्ड ‘ए’ले सिरिज भने जितिसकेको छ। तेस्रो खेल सोमबार दिउँसो १ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ।

घरेलु मैदानमा पहिलो खेलमा शुक्रबार लोकेश बमले शतक प्रहार गर्दासमेत २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा शनिबार कीर्तिपुर मैदानमै ४० रनले पराजित भएको थियो।

पहिलो खेलमा आयरल्याण्ड ‘ए’ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २ सय १ रनमा अलआउट भएको थियो।

दोस्रो खेलमा दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८४ रनमा समेटिएको थियो।

एक खेल अगावै टी–२० सिरिज जितेको आयरल्याण्डसँग नेपालले एक दिवसीय सिरिजसमेत खेल्दैछ। नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ६ : ३० बजे

सरकारको पुँजीगत खर्च दश महिनामा चौँतिस प्रतिशत, घाटा बजेट दुई खर्ब नाघ्याे

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ सकिन दुई महिना मात्रै बाँकी

जगाती–डोलेश्वर–साँगा सडक निर्माण सुरु

भक्तपुर– भक्तपुरको जगाती–डोलेश्वर–आशापुरी–काक्राबारी–साँगा झोलुङे पुल सडक निर्माण सुरु भएको छ

दादासाहेब फाल्केको बायोपिकमा ११ वर्षपछि सहकार्य गर्दै अमिर र हिरानी

काठमाडौं – बलिउड नायक अमिर खान र निर्देशक राजकुमार हिरानीको

६ महानगरको बेरुजु : पोखरा पहिलो र काठमाडौं तेस्रो बन्दा विराटनगर अन्तिममा

काठमाडौं – म्याद नाघेको पेस्की समेत गरी देशभरका ६ महानगरपालिकामा

निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ र महिलाको ३९ वर्ष

काठमाडौं- संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘संघीय निजामती