अफगानिस्तानमा विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु « Khabarhub

अफगानिस्तानमा विस्फोट हुँदा नौ बालबालिकाको मृत्यु


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको गजनी प्रान्तमा बेवारिसे विस्फोटक पदार्थ बिस्फोट हुँदा नौ बालबालिकाको ज्यान गएको जनाइएको छ ।

आइतबार दिउँसो चारदेखि दश वर्ष उमेर समूहका ती बालबालिकाले बेवारिसे बम खेलाउँदा अचानक बिस्फोट भएको थियो । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको बख्तरले गजनीका सूचना र संस्कृति विभागका निर्देशक मुल्लाह हमिदुल्लाह निसारलाई उद्धृत गर्दै जनाएको छ ।  

गत मार्च २२ मा पनि दक्षिणी हेलमन्ड प्रान्तमा एक बम बिस्फोटमा परेर तीन बालबालिकाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

अफगानिस्तान विश्वको सबैभन्दा युद्धग्रस्त तथा बढी बारुदी सुरुङयुक्त देशहरू मध्ये एक हो जहाँ विगत चार दशक भन्दा बढी समयदेखिको युद्ध र नागरिक द्वन्द्वका कारण बिस्फोट नभएका उपकरणहरू जथाभावी फालिएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ६ : ३८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर