कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति « Khabarhub

कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने भएको छ । सोमबार काठमाडौंमा बसेको सत्ता गठबन्धनको बैठकमा पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेले गर्ने सहमति जुटेको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । सहमति अनुसार कर्णालीसहित गण्डकी र कोशीको नेतृत्व एमालेले गर्ने भएको छ ।

सहमति लगत्तै प्रचण्डले प्रदेश इन्चार्ज कालिबहादुर मल्ललाई टेलिफोन गरी कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिन निर्देशन दिएका छन् । इन्चार्ज मल्लले पार्टी अध्यक्षले टेलिफोन गरेर कर्णालीको नेतृत्व एमालेलाई दिन निर्देशन दिएकाे बताए । उनले भने, ‘केन्द्रमा निर्णय भएर हामीलाई सर्कुलर आइसकेको छ । निर्णय मान्छौं ।’

माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । माओवादीका नेताहरुले पनि कर्णालीमा माओवादीकै मुख्यमन्त्रीले निरन्तरता पाउनुपर्ने भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेको थिए ।

कर्णाली प्रदेश सभामा ४० सांसद रहेका छन् । जहाँ सरकार निमार्णका लागि २१ सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेश सभामा माओवादीका १३ जना सांसद छन्, भने एमालेका १० र एकीकृत समाजवादीका १ सांसद छ । यता कांग्रेससँग १५ र राप्रपासँग एक जना सांसद रहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ९ : ४७ बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार