मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने « Khabarhub

मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको लहान नगरपालिकाले मोतिविन्दु पहिचान भएकालाई निशुल्क शल्यक्रिया गर्ने भएको छ ।

नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा लहान–२४ मा आज निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

उक्त आँखा शिविरमा दुई सय ९७ जनाले आँखा जाँच गराएका छन् । जसमध्ये ९८ जनाको आँखामा मोतिविन्दु भेटिएको छ । मोतिविन्दुको बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

नगर प्रमुख चौधरीसहित उपप्रमुख रामचलितर महतो, वडाअध्यक्ष रासलाल रायलगायतले आँखा शिविर कार्यक्रम निरीक्षण गरेका थिए ।

नगरपालिकाले गत आर्थिक वर्षमा पनि एक हजार ९१ जनालाई निःशुल्क रुपमा मोतिविन्दुको शल्यक्रिया गराएको थिया । गतवर्ष सात हजार भन्दा बढीले आँखा जाँच, उपचार र औषधि पाएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  १० : ५८ बजे

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर