खोटाङको बाईटार–चिपटार पुलको ‘टावर’ ठड्याइयो « Khabarhub

खोटाङको बाईटार–चिपटार पुलको ‘टावर’ ठड्याइयो


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ । पुलको उदयपुरतर्फको निर्माणाधीन टावर २०७९ चैत १० गते ढलेको थियो ।

निर्माण कम्पनी नेपाल फूलबारी–स्वर्णीम–अन्सुमन जेभीले पुलको टावर हालै ठड्याएको हो । स्थानीयको निरन्तरको दबाबपछि उक्त कम्पनीले गत फागुन २९ गतेदेखि काम सुरु गरेको थियो ।

टावर ढलेयता पुलको काम रोकिएको थियो । निर्माण कम्पनीलाई प्रदेश सांसद भूपेन्द्र राईलगायत स्थानीयले पूर्वाधार विकास कार्यालय गाईघाट र निर्माण व्यवसायीलाई अविलम्ब काम थाल्न अनुरोध गरेका थिए ।

प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत उपलब्ध गराएको तीन करोड ५० लाख रुपैयाँमा पुल निर्माणको काम सुरु भएको थियो ।

झोलुङ्गे तथा पक्की पुल अभावमा साविकको डिकुवा–३ बाईटारबलुई तथा साविकको डिकुवा–२ टारगाउँका एक सय १० परिवार डुङ्गा चढेर नदी वारपार गर्न बाध्य छन् ।

उदयपुरको कटारीबजार डिकुवाबाहुनीडाँडाका स्थानीयको दैनिक उपभोग्य सामग्री किनमेल गर्ने प्रमुख व्यापारिक केन्द्र हो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ८ : ०० बजे

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा