स्पेनिस ला लिगा : एथ्लेटिकोसँग भिल्ला रियल पराजित | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : एथ्लेटिकोसँग भिल्ला रियल पराजित


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भिल्ला रियललाई २–१ गोलले हराउँदै एथ्लेटिको चौथो स्थानमा उक्लिएको हो ।

एथ्लेटिकोलाई जित दिलाउन एक्सेल विट्सेलसाउल जिग्गेजले एक–एक गोल गरेका थिए । भिल्लाका अलेक्जेन्डर सोरलोथको एक गोल फर्काए ।

विट्सेलले खेलको नवौँ मिनेटमा एथ्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५०औँ मिनेटमा भिल्लाका अलेक्जेन्डरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेल सकिन ३ मिनेट बाँकी छँदा एथ्लेटिकोका साउलले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै ३० खेलबाट ५८ अंक जोडेको एथ्लेटिको चौथो स्थानमा उक्लिएको छ । पराजित भएको भिल्ला रियल ३८ अंक जोड्दै १०औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ९ : ०७ बजे

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक