अमेरिकामा नेपाली ढाकाको पहिरनमा मोडलहरु र्‍याम्पमा उत्रिँदै « Khabarhub

अमेरिकामा नेपाली ढाकाको पहिरनमा मोडलहरु र्‍याम्पमा उत्रिँदै


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको न्यूयोर्कमा आगामी अगष्ट १७ मा ‘नेपाली ढाका फेशन शो’ हुने भएको छ । ‘मिस नेपाल अर्थ अमेरिका’को कार्यक्रममा मोडलहरु नेपाली ढाकाको पहिरनमा र्‍याम्पमा उत्रिन लागेका हुन् ।

विगत १७ वर्षदेखि व्यावसायिकरुपमा नेपाली ढाकाका विभिन्न डिजाइन तयार पार्दै आएकी कल्पना लिम्बूले डिजाइन गरेको नेपाली ढाकाको पोषाकहरु मोडलहरुले पहिरिनेछन् ।

वि.स. २०६४ सालमा ‘द हाइल्याण्ड आर्ट’ को दर्ता गरेर व्यावसायिक रुपमा ढाका कपडाको व्यवसाय सुरु गरेकी कल्पनाले आफूले तयार पारेको पोशाकले अमेरिकी फेशन शोमा स्थान पाउँदा गर्ब लागेको बताइन् ।

उनले आफूले डिजाइन गरेका नेपाली ढाकाका पोषाकहरुको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दो भए पनि अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममका लागि भने पहिलो पटक माग भएको बताइन् ।

खबरहबसँग कुरा गर्दे कल्पनाले भनिन्, ‘विदेशमा हुने कार्यक्रममा मैले बुनेका पोषाकले स्थान पाउनु गर्बको विषय हो, अमेरिकामा नेपाली ढाकाले स्थान पाउनुमेरो लागि मात्र नभएर नेपालकै लागि खुशीको कुरा हो ।’

अमेरिकाको टेक्सासस्थित टिसा कम्पनीसँग ‘द हाइल्याण्ड आर्ट’ कम्पनी जोडिएको बताउँदै उनले भनिन् ‘त्यही कम्पनीमार्फत मैले नेपाली ढाकाको डिजाइन गरेर कपडा पठाउन लागेकी हुँ, कपडा तयारी भइसकेको छ ।’

उनले आफूले डिजाइन गरेका ढाकाका पोषाकहरु मुलुकका विभिन्न स्थानमा भएका ४० वटा भन्दा बढी फेशन शो हरुमा प्रयोग भइसकेको बताइन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ६ : ४५ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा