उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्छ : रघुजी पन्त « Khabarhub

उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्छ : रघुजी पन्त


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता रघुजी पन्तले बैशाख- १५ गते हुने उपनिर्वाचनमा एमालेलाई माओवादीले समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गदै पन्तले उपनिर्वाचनमा बारेमा माओवादीसँग छलफल भइरहेको भन्दै एमालेलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । 

यसअघि पनि इलाममा एमालेले निरन्तर जितेको र यसपटक पनि सम्भावना भएका व्यक्तिलाई उम्मेदवार बनाएको उनले बताए । पन्तले अहिलेको सहयात्रालाई बलियो बनाउन पनि माओवादीले समर्थन गर्ने भन्दै त्यसो हुन नसके एक्लै चुनाव लड्ने र जित्ने दावी गरे ।

 एमालेले पहिचानका नाममा राष्ट्रिय एकता कमजोर बनाउने काम नगर्ने उनले बताए । त्यस्तै पन्तले गृहमन्त्रीविरुद्ध छानविनका लागि कांग्रेसले माग गरेको संसदीय समिति गठनको मागप्रति पुनरबिचार गर्ने बताए । 

सदनमा कुनै विषयको उठान गरेपछि टुङ्गो लगाउनुपर्ने दायित्व सोही दलकै रहेको भन्दै अहिले कांग्रेसलाई संसदीय छानविन समितिको विषयलाई छाड्न कठिन भएको तर्क गरे । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : २५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा