आर्थिकस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की « Khabarhub

आर्थिकस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वसाधारणको आर्थिक अवस्था सुधारमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

जिल्ला सहकारी सङ्घ मोरङद्वारा आयोजित ६७ औँ राष्ट्रिय सहकारी दिवस-२०८० को उद्घाटनमा उनले महिलालाई स्वरोजगार, व्यवसायी र वित्तीय साक्षर बनाउने काममा सहकारीको भूमिका उल्लेखनीय भएको विचार व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले महिलाको सशक्तिकरणमा सहकारीको योगदानको चर्चा गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रमा आर्थिक चलायमानमा सहयोग पुगेको धारणा राखे। उनले जनताले बचत गरेको सहकारीमा अनियमितता गर्ने कार्य निरुत्साहित गर्न कानुन संशोधन गरी आवश्यक नियमन गर्नुपर्ने बताए।

सहकारीले प्रदेशको कृषि पशुपालन एवं साना तथा घरेलु उद्योग क्षेत्र आत्मनिर्भर बनाउन आवश्यक लगानी गरी मुलुकको समृद्धि र जनताको जीवनस्तर उठाउने काम गर्नुपर्ने बताए। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले सहकारी सञ्चालकले कारोबार पारदर्शी ढङ्गले गर्नुपर्ने बताउँदै जनताको आर्थिक समृद्धि कायम गर्ने क्षेत्रमा लगानी गर्न सुझाव दिए ।

मन्त्री खत्रीले प्रदेशमा सहकारीमैत्री वातावरण निर्माण गर्न सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : ५७ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी