आर्थिकस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की « Khabarhub

आर्थिकस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वसाधारणको आर्थिक अवस्था सुधारमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

जिल्ला सहकारी सङ्घ मोरङद्वारा आयोजित ६७ औँ राष्ट्रिय सहकारी दिवस-२०८० को उद्घाटनमा उनले महिलालाई स्वरोजगार, व्यवसायी र वित्तीय साक्षर बनाउने काममा सहकारीको भूमिका उल्लेखनीय भएको विचार व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले महिलाको सशक्तिकरणमा सहकारीको योगदानको चर्चा गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रमा आर्थिक चलायमानमा सहयोग पुगेको धारणा राखे। उनले जनताले बचत गरेको सहकारीमा अनियमितता गर्ने कार्य निरुत्साहित गर्न कानुन संशोधन गरी आवश्यक नियमन गर्नुपर्ने बताए।

सहकारीले प्रदेशको कृषि पशुपालन एवं साना तथा घरेलु उद्योग क्षेत्र आत्मनिर्भर बनाउन आवश्यक लगानी गरी मुलुकको समृद्धि र जनताको जीवनस्तर उठाउने काम गर्नुपर्ने बताए। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले सहकारी सञ्चालकले कारोबार पारदर्शी ढङ्गले गर्नुपर्ने बताउँदै जनताको आर्थिक समृद्धि कायम गर्ने क्षेत्रमा लगानी गर्न सुझाव दिए ।

मन्त्री खत्रीले प्रदेशमा सहकारीमैत्री वातावरण निर्माण गर्न सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : ५७ बजे

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ ।

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

काठमाडौं– नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित लामो

मन्दिरमा मृत भेटिएका व्यक्तिको घटनालाई धार्मिक विषय नबनाउन प्रहरीको अपिल

धनुषा– प्रहरीले धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित हनुमान मन्दिर परिसरमा एक

प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरूसँग छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गरेको विभिन्न राजनीतिक दलका नेताहरूसँग

रविलाई पछ्याउँदै वालेन्द्र : मधेशवादी दलका नेतालाई सिंहदरबारमा बोलाएर थाले संवाद

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका