विमानस्थलको सुरक्षा सुदृढ गर्न गृहमन्त्री लामिछानेको निर्देशन « Khabarhub

विमानस्थलको सुरक्षा सुदृढ गर्न गृहमन्त्री लामिछानेको निर्देशन


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई सुदृढ र प्रभावकारी बनाउन अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा सरोकारवालाबीच भएको छलफलमा गृहमन्त्री लामिछानेले राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीको नेतृत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । छलफलमा उनले विमानस्थलमा रहेका निकायबीच प्रभावकारी समन्वय गर्न र एक अर्कालाई दोषारोपण नगर्न आग्रह गरे ।

गृहमन्त्री लामिछानेले गृह मन्त्रालयका अधिकारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष प्रयोग नगर्न आग्रह गरे । “नागरिकलाई चार घण्टा कुराएर आफू चार मिनेटमा छिर्ने प्रवृत्ति न्यूनीकरण गर्नुपर्छ”, उनले भने, “सुरक्षा वा अन्य व्यवस्थापनको बहानामा यात्रुलाई हैरानी र सास्ती दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।”

उनले नागरिकलाई सेवा दिने, अन्तर्राष्ट्रिय पहिचान स्थापित हुने र सुरक्षाजस्तो संवेदनशिल विषयमा बजेटको अभाव देखाएर नपन्छिन आग्रह गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सबै निकायका प्रतिनिधिले भीआइपीको स्पष्ट मापदण्ड बनाउन र आगमन एवं प्रस्थान व्यवस्थित गर्न अत्यावश्यक रहेको गृहमन्त्री लामिछानेले बताए । भीआइपीले आफ्नो मर्यादा ख्याल नगर्दा सुरक्षा चुनौती बढेको उनको भनाइ थियो ।

विमानस्थलबाट बाहिरिएको करिब ६१ किलो सुन बरामद भएपछि गत भदौमा सरकारले विमानस्थलको सुरक्षा सुदृढीकरणका लागि राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनमा नेपाल प्रहरीको छुट्टै हवाई सुरक्षा सेवा गठन गर्न, विमानस्थलबाट निजी क्षेत्रका सुरक्षा गार्ड हटाउन र दुई वर्षभन्दा बढी कार्यरत कर्मचारीलाई सरुवा गर्न सुझाव दिएको छ ।

यस्तै आधुनिक उपकरण र डिटेक्टरको व्यवस्था गर्न, कुटनीतिक कार्गो जाँच गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउन, विमानस्थलको एकीकृत ‘इन्टेलिजेन्स्’ बनाउन, अध्यागमन ऐन र नियमावली समय सापेक्ष संशोधन गरी विमानस्थलको प्रविधि सुधार गर्नुपर्ने लगायतको सुझाव समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त छलफलमा गृह मन्त्रालय, अर्थमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरु, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल वायुसेवा निगमका महाप्रबन्धक, अध्यागमन विभागका महानिर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल र भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  १० : ४७ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना