लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित « Khabarhub

लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– प्रतिनिधिसभाले लेखापरीक्षण विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा डा अर्थमन्त्री युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले लेखा परीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुरुप होस् र जनताले तिरेको करको पूर्णरुपले सदुपयोग गर्न सकियोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको बताए । उनले भने, “वैदेशिक सहायता नीति परिमार्जन गर्दैछाैं, फागुन महीनादेखि पूँजीगत खर्च उल्लेखनीय हिसाबले बढ्नेछ, महालेखा परीक्षकको कार्यालयलाई बलियो बनाउने विधेयकको उद्देश्य हो, सरकारी बक्यौता उठाउने सन्दर्भमा पनि विधेयक महत्वपूर्ण हुनेछ ।’’

अर्थमन्त्री डा खतिवडाले मुलुकभित्रका शासकीय प्रणालीलाई बलियो तुल्याउन र व्यावसायिक निष्ठाका आधारमा मिलेर काम गर्नुपर्छ भन्ने मान्यतालाई पनि विधेयकले सहयोग पुर्‍याउने बताए ।

यसैगरी प्रतिनिधिसभाले आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि उक्त विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले कर्णाली प्रदेशलाई रासायनिक मल र विषादीको प्रयोगमुक्त प्रदेश बनाउने अभियान अघि बढेको जानकारी दिए । उनले प्रदेश र सङ्घका तर्फबाट पनि बजेट कर्णाली प्रदेशलाई विषादी र रासायनिक मलको प्रयोगमुक्त प्रदेश बनाउने व्यवस्थापनका लागि कानून निर्माण र छिमेकी मुलुकको सहकार्यमा केही विषादीको प्रयोगमा प्रतिबन्ध लगाइने बताए ।

उनले कृषि बालीको उत्पादन वृद्धिका लागि केही विषादी प्रयोग आवश्यक रहेको भन्ने मान्यता रहेपनि अब विषादी र रासायनिक मलको प्रयोग कम गर्ने मात्र होइन, नियन्त्रण नै गर्ने उद्देश्यले सरकारले सो विधेयक ल्याएको बताए । प्रतिनिसभाको अर्काे बैठक यही फागुन ८ गते दिनको २ बजे बस्नेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ५ : ४९ बजे

बलात्कार आरोपपछि पक्राउ बलेलाई लगियो अदालत (तस्बिरहरू)

काठमाडौं- जबर्जस्ती करणी गरेको आरोपपछि पक्राउ परेका कलाकार सागर लम्साल

माल्दिभ्सका मतदाताद्वारा एकैपटक चुनाव गर्ने प्रस्ताव खारेज

माले- खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै दिन

इसाई धर्मावलम्बीले मनाए ईस्टर सन्डे

काठमाडौं– नेपालका इसाई धर्मावलम्बीले ईस्टर सन्डे मनाएका छन् । आइतबार

१ सय ५ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०५.५० अंकले घटेको छ

नवनियुक्त सभामुख डोलप्रसाद अर्यालद्वारा शपथ ग्रहण

काठमाडौं– नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गरेका छन् ।  आइतबार